प्रशान्त क्षेत्रलाई सैन्यकरण हुनबाट रोकौँ : किवी विदेशमन्त्री पिटर्स « Khabarhub

प्रशान्त क्षेत्रलाई सैन्यकरण हुनबाट रोकौँ : किवी विदेशमन्त्री पिटर्स


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्सले प्रशान्त क्षेत्रलाई सैन्यकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँगको भेटवार्ताका क्रममा उपप्रधानमन्त्री पिटर्सले यस्तो बताएका हुन् ।

दक्षिण प्रशान्त महासागर क्षेत्रमा चीनको प्रभाव बढ्दै गइरहेका बेला यस क्षेत्रलाई सैन्यकरण हुनबाट जोगाउनुपर्ने बताएका हुन् । उनले चीनसँग आफ्नो मुलुकको सम्बन्ध सुमधुर नै रहेको पनि उल्लेख गरे ।

गत वर्ष चीन र कुक टापुबीच कूटनीतिक सम्झौता भएपछि न्यूजिल्याण्ड र कुक टापुबीच तनाव बढेको थियो । त्यसैगरी, चीनले अष्ट्रेलिया र न्यूजिल्याण्डबीच रहेको तास्मान सागरमा नौसैनिक अभ्यास गरेको थियो ।

त्यसयता न्यूजिल्याण्ड चीनसँग रुष्ट रहेको विश्लेषण गरिएको छ । विदेशमन्त्री पिटर्सले पछिल्लो ७९–८० वर्षयता प्रशान्त क्षेत्र निकै अस्थीर रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १२ : ५४ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र