प्रशान्त क्षेत्रलाई सैन्यकरण हुनबाट रोकौँ : किवी विदेशमन्त्री पिटर्स « Khabarhub

प्रशान्त क्षेत्रलाई सैन्यकरण हुनबाट रोकौँ : किवी विदेशमन्त्री पिटर्स


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्सले प्रशान्त क्षेत्रलाई सैन्यकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँगको भेटवार्ताका क्रममा उपप्रधानमन्त्री पिटर्सले यस्तो बताएका हुन् ।

दक्षिण प्रशान्त महासागर क्षेत्रमा चीनको प्रभाव बढ्दै गइरहेका बेला यस क्षेत्रलाई सैन्यकरण हुनबाट जोगाउनुपर्ने बताएका हुन् । उनले चीनसँग आफ्नो मुलुकको सम्बन्ध सुमधुर नै रहेको पनि उल्लेख गरे ।

गत वर्ष चीन र कुक टापुबीच कूटनीतिक सम्झौता भएपछि न्यूजिल्याण्ड र कुक टापुबीच तनाव बढेको थियो । त्यसैगरी, चीनले अष्ट्रेलिया र न्यूजिल्याण्डबीच रहेको तास्मान सागरमा नौसैनिक अभ्यास गरेको थियो ।

त्यसयता न्यूजिल्याण्ड चीनसँग रुष्ट रहेको विश्लेषण गरिएको छ । विदेशमन्त्री पिटर्सले पछिल्लो ७९–८० वर्षयता प्रशान्त क्षेत्र निकै अस्थीर रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १२ : ५४ बजे

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल