देशलाई खाद्यान्नमा आत्मनिर्भर हुनेगरी काम गर्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

देशलाई खाद्यान्नमा आत्मनिर्भर हुनेगरी काम गर्नुपर्छ : सभामुख घिमिरे


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेसाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आह्वान गरेका छन् ।

२२औँ राष्ट्रिय धान दिवसका अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले नेपालको अधिकांश खेती अझै पनि अकासे पानीमा निर्भर रहेकाे उल्लेख गर्दै सिँचाइ सुविधाको अभाव, समयमा मल नपाइने समस्या र उन्नत बीउको अभावले उत्पादन क्षमतामा ठूलो प्रभाव परेको जनाएका छन् ।

उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।

यस वर्ष ‘धानबालीमा सघनता : खाद्यसुरक्षा र आत्मनिर्भरता’ नारासहित राष्ट्रिय धान दिवस मनाइरहेका छौँ । किसान र सरोकारवाला सम्बद्ध पक्षहरूलाई सचेत तथा जागरूक बनाउने सन्देशसहित देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको छ ।

सभामुख घिमिरेले प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धान नेपालीको खाद्य सुरक्षाको प्रमुख आधार भएको उल्लेख गर्दै त्यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्त्व रहेको बताए ।

उनले भनेका छन्, ‘धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो, देशको करिब ६५ प्रतिशत जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि कर्ममा संलग्न छन्, तथ्याङ्कअनुसार नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना हो, कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्म मूल्याङ्कन गर्नुपर्ने अवस्था आएको छ ।’

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ५६ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका