संसद्‍मा डीपी र रामहरिबीच भनाभन, एकअर्कालाई आरोप लगाउँदा झिके ‘चोर’को प्रसंग | Khabarhub Khabarhub

भिजिट भिसाले तनाव

संसद्‍मा डीपी र रामहरिबीच भनाभन, एकअर्कालाई आरोप लगाउँदा झिके ‘चोर’को प्रसंग


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै विरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेस सांसदबीच प्रतिनिधिसभा बैठकमा आरोप–प्रत्यारोप भएको छ ।  

आइतबार बसेको बैठकमा रास्वपा सांसद डीपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच आरोप–प्रत्यारोप भएको हो ।

बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै उठेर विरोध जनाएका थिए । 

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अर्याललाई बोल्न समय दिए। सांसद अर्यालले यसअघिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले झूटो आरोप लगाएको भन्दै आपत्ति जनाए  । 

सुमिरे टुर्स एण्ड ट्राभल्स आफ्नो कम्पनी भएको भन्दै अर्यालले एकजना मान्छे भिजिट भिसामा बाहिर गएर नफर्केको प्रमाण दिन चुनौती दिए । उनले आफू देशमै केही गरेर खाने मान्छे भएको बताउँदै चोरेर खाने काम नगरेको जिकिर गरे । 

आफूमाथि लगाइएको आरोप निराधार भएको भन्दै उनले संसद्को रेकर्डबाट शनिबार खतिवडाले बोलेको अभिव्यक्ति हटाउन माग गरे ।  

अर्यालले बोलेपछि कांग्रेस सांसद खतिवडाले आफूले कुनै सांसदको नाम किटान नगरेको भन्दै चोरको खुट्टा काट भन्दा झिकेजस्तो देखिएको बताए ।

कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा संसद् थर्काउने काम भएको भन्दै उनले आपत्ति जनाए । खतिवडाले २०९ वटा म्यानपावरलाई अवैध रूपमा अनुमति दिनेमाथि पनि छानबिन हुनुपर्ने उल्लेख गरे  ।  

उनले डीपी अर्यालको शब्द रेकर्डबाट हटाउन माग पनि गरे । दुई सांसदले बोलेपछि सभामुख घिमिरेले जिम्मेवार ढंगले सदनमा बोल्न आग्रह गरे ।

सदनमा गैरसंसदीय भाषा प्रयोग गर्ने र एक अर्कामाथि नामै किटान गरेर बोल्ने कुरा उचित नभएको उनको भनाइ छ । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरूले सदन बहिष्कार गरेका थिए । 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ३९ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो