स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न फ्याकल्टी एशोसियसनको माग  « Khabarhub

स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न फ्याकल्टी एशोसियसनको माग 


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको फ्याकल्टी एशोसियसनले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग गरेको छ । 

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई सम्बोधन गर्दै पठाइएको पत्रमा  फ्याकल्टी एशोसियसनले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक खारेज गर्न माग गरेको हो । 

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग छलफल समेत नगरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयकको खाका तयार पारी सार्वजनिक रूपमा सुझाव माग गरेकोमा प्रतिष्ठान गम्भीर छ,’ प्रतिष्ठानको फ्याकल्टी एशोसिएसनले भनेको छ, ‘र यसको खारेजीको माग गर्दछ पत्रमा भनिएको छ । 

नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू फरक-फरक कानुनी संरचना, ऐतिहासिक पृष्ठभूमि, संस्थापक दर्शक, भौगोलिक अवस्था र स्रोत साधनका आधारमा विकसित भएका संस्थाहरू भएको भन्दै एशोसिएसनले सबैलाई एकै साँचोमा ढाल्ने केन्द्रीकृत दृष्टिकोण नेपालको संविधान र संघीयताको मर्म र भावना विपरित रहेको आरोप लगाएको छ । एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक खारेज नभए सशक्त आन्दोलन अगाडि बढाउने चेतावनीसमेत दिएको छ । 

पाटन अस्पतालको समृद्ध इतिहासमा आधारित रही स्थापना भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको पत्रमा उल्लेख गरिएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक मस्यौदा तयार पारेर सार्वजनिक सुझाव माग गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ५६ बजे

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा