संसद्‍मा डीपी र रामहरिबीच भनाभन, एकअर्कालाई आरोप लगाउँदा झिके ‘चोर’को प्रसंग « Khabarhub

भिजिट भिसाले तनाव

संसद्‍मा डीपी र रामहरिबीच भनाभन, एकअर्कालाई आरोप लगाउँदा झिके ‘चोर’को प्रसंग


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै विरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेस सांसदबीच प्रतिनिधिसभा बैठकमा आरोप–प्रत्यारोप भएको छ ।  

आइतबार बसेको बैठकमा रास्वपा सांसद डीपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच आरोप–प्रत्यारोप भएको हो ।

बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै उठेर विरोध जनाएका थिए । 

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अर्याललाई बोल्न समय दिए। सांसद अर्यालले यसअघिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले झूटो आरोप लगाएको भन्दै आपत्ति जनाए  । 

सुमिरे टुर्स एण्ड ट्राभल्स आफ्नो कम्पनी भएको भन्दै अर्यालले एकजना मान्छे भिजिट भिसामा बाहिर गएर नफर्केको प्रमाण दिन चुनौती दिए । उनले आफू देशमै केही गरेर खाने मान्छे भएको बताउँदै चोरेर खाने काम नगरेको जिकिर गरे । 

आफूमाथि लगाइएको आरोप निराधार भएको भन्दै उनले संसद्को रेकर्डबाट शनिबार खतिवडाले बोलेको अभिव्यक्ति हटाउन माग गरे ।  

अर्यालले बोलेपछि कांग्रेस सांसद खतिवडाले आफूले कुनै सांसदको नाम किटान नगरेको भन्दै चोरको खुट्टा काट भन्दा झिकेजस्तो देखिएको बताए ।

कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा संसद् थर्काउने काम भएको भन्दै उनले आपत्ति जनाए । खतिवडाले २०९ वटा म्यानपावरलाई अवैध रूपमा अनुमति दिनेमाथि पनि छानबिन हुनुपर्ने उल्लेख गरे  ।  

उनले डीपी अर्यालको शब्द रेकर्डबाट हटाउन माग पनि गरे । दुई सांसदले बोलेपछि सभामुख घिमिरेले जिम्मेवार ढंगले सदनमा बोल्न आग्रह गरे ।

सदनमा गैरसंसदीय भाषा प्रयोग गर्ने र एक अर्कामाथि नामै किटान गरेर बोल्ने कुरा उचित नभएको उनको भनाइ छ । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरूले सदन बहिष्कार गरेका थिए । 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ३९ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका