चितवनमा दुई लाख बिरुवा वितरण गरिँदै | Khabarhub Khabarhub

चितवनमा दुई लाख बिरुवा वितरण गरिँदै


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार ४१० बिरुवा वितरण गर्ने तयारी गरेको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादित बिरुवा आजदेखि वितरण गर्न थालिएको हो ।  

कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वनपैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो । 

त्यसमा जडीबुटी बिरुवा, डालेघाँस, फलफूल तथा बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन् । आपूर्ति समितिबाट एक लाख २० हजार, डिभिजन वन कार्यालयकातर्फबाट ७३ हजार ४१० बिरुवा उत्पादन गरिएको उनले बताए । 

उनका अनुसार डिभिजन वन कार्यालयमार्फत ३० हजार बिरुवा जडीबुटीका, १५ हजार बिरुवा डाले घाँस, फलफूल तथा बहुउपयोगी र २८ हजार ४१० बिरुवा बहुवर्षीय उत्पादन गरी हुर्काएर वितरणका लागि तयारी गरिएको हो ।

यहाँबाट डालेघाँस, ठूला रुखजन्य बिरुवा र बहुउपयोगी बिरुवा उत्पादन हुँदै आएको छ । बहुवर्षीय बिरुवा सडक क्षेत्रमा लगाउन उपयोगी हुने गर्दछन् । 

सडकलाई हराभरा र सौन्दर्य राख्न यी बिरुवा प्रयोग हुने गरेको छ । गत वर्ष कार्यालयले ९२ हजार बिरुवा मात्र उत्पादन गरेको थियो । समितिबाट ८० हजार र डिभिजन वन कार्यालयबाट १२ हजार बिरुवा उत्पादन गरिएको थियो । उनले भने, ‘आजदेखि बिरुवा वितरण सुरु गरिएको छ ।’
 
कार्यालयले अहिले २० भन्दा बढी प्रजातिका बिरुवा वितरण गर्न लागेको हो । त्यसमा हर्रो, बर्रो, अमला, निम, जामुन, श्रीखण्ड, बेल, तेजपत्ता, चाप, निबुवा, अम्बा, बडहर, टाँकी, कोइरालालगायत बिरुवा रहेको पौडेलले बताए ।  रासस

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ४१ बजे

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको

बीपीको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन : सभापति देउवा

 काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापक नेता बीपी कोइरालाको

भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरले दिए राजीनामा

नयाँ दिल्ली- भारतका उपराष्ट्रपति जगदीप धनखरले पदबाट राजीनामा दिएका छन्

केराबारी झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार

मुस्ताङ– यहाँको थासाङ गाउँपालिका–२ स्थित खन्ती–सौरु जोड्ने निर्माणाधीन ‘सस्पेन्सन’ झोलुङ्गे

एआईको दुरुपयोग न्यूनीकरण गर्न ‘अनलाइन टिभी एआई आचारसंहिता’ जारी

काठमाडौं– एआईको दुरुपयोग न्यूनीकरण गर्न र एआईको समुचित प्रयोगलाई प्रोत्साहन