पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने बताएकी छन् । राष्ट्रिय धान दिवसको अवसरमा  सामाजिक सञ्जाल ट्वीटर(एक्स) पेजमार्फत आज शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले धान बालीलगायतका कृषि उपजमा आत्मनिर्भर बन्नका लागि दिगो कृषि प्रणालीको विकास हाम्रो साझा लक्ष्य हुनुपर्ने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गरिन् ।    

जलवायु परिवर्तन, बढ्दो सहरीकरण र कृषि जनशक्तिको न्यूनताजस्ता चुनौतीका बाबजुद कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, उन्नत बीउ बिजनको व्यवस्था, बजारको पहुँच र किसानलाई आत्मसम्मानसहितको जीवन निर्वाह गर्ने वातावरण निर्माण गर्न राज्य, निर्माता र सम्बद्ध सबै पक्षको अझ बढी ध्यान जान आवश्यक रहेको उनले बताइन् ।

‘धान, हाम्रो सभ्यता, संस्कार आत्मनिर्भरतासँग जोडिएको प्रमुख अन्नबाली हो । धान दिवस किसानको श्रम, प्रकृतिप्रतिको आस्था र समृद्धिको यात्राप्रतिको सामूहिक सङ्कल्पको प्रतीक हो । यस अवसरमा खेतबारीमा दिनरात खटेर अन्न उत्पादन गर्ने मेहनती किसान दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक सम्मान प्रकट गर्दछु,’ पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन् ।  
 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ४ : ०१ बजे

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन