स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न फ्याकल्टी एशोसियसनको माग  | Khabarhub Khabarhub

स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न फ्याकल्टी एशोसियसनको माग 


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको फ्याकल्टी एशोसियसनले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग गरेको छ । 

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई सम्बोधन गर्दै पठाइएको पत्रमा  फ्याकल्टी एशोसियसनले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक खारेज गर्न माग गरेको हो । 

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग छलफल समेत नगरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयकको खाका तयार पारी सार्वजनिक रूपमा सुझाव माग गरेकोमा प्रतिष्ठान गम्भीर छ,’ प्रतिष्ठानको फ्याकल्टी एशोसिएसनले भनेको छ, ‘र यसको खारेजीको माग गर्दछ पत्रमा भनिएको छ । 

नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू फरक-फरक कानुनी संरचना, ऐतिहासिक पृष्ठभूमि, संस्थापक दर्शक, भौगोलिक अवस्था र स्रोत साधनका आधारमा विकसित भएका संस्थाहरू भएको भन्दै एशोसिएसनले सबैलाई एकै साँचोमा ढाल्ने केन्द्रीकृत दृष्टिकोण नेपालको संविधान र संघीयताको मर्म र भावना विपरित रहेको आरोप लगाएको छ । एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक खारेज नभए सशक्त आन्दोलन अगाडि बढाउने चेतावनीसमेत दिएको छ । 

पाटन अस्पतालको समृद्ध इतिहासमा आधारित रही स्थापना भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको पत्रमा उल्लेख गरिएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक मस्यौदा तयार पारेर सार्वजनिक सुझाव माग गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ५६ बजे

आज २०८२ साल असार १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३