नेपालको विजयी सुरुवात, लाओस ९–० ले पराजित « Khabarhub

एसियन कप छनोट

नेपालको विजयी सुरुवात, लाओस ९–० ले पराजित


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन् । खेलको ८८ औँ मिनेटमा साम्बाले लाओसाको पोष्टमा नेपालका लागि नवौं गोल गरेकी थिइन् ।

नेपालका लागि साम्बाले पाँच गोलसहित अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गरे ।

जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ । आजको खेलमार्फत नेपाली महिला टोलीले १०० औं अन्तराष्ट्रिय खेल पूरा गरेको छ । साथै आजको खेलमा नै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् । उनी नेपालको फुटबल इतिहासकी ११ औँ कप्तान बनिन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : २० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का