आज २०८२ साल साउन १३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन १३ गते मंगलबारको राशिफल


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन १३ गते मंगलबार। साउन शुक्ल पक्षको पन्चमी तिथि। आज नाग पन्चमी। तदनुसार सन् २०२५ जुलाई २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। आफन्त टाढा पुग्नेछन्। बोलीमा सतर्कता अपनाउनुपर्नेछ। व्यापार व्यवसायमा घाटा हुनेछ। परिवारमा एक्लोपन महसुस हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। मनमा चिन्ता बढ्नेछ।

वृष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राजनीतिमा प्रगति हुनेछ। मित्र बढ्नेछन्। परिवारमा मेलमिलाप हुने योग छ।

मिथुन : दिन सामान्य छ। आफ्नै बोलीका कारणले समस्यामा पर्ने जोखिम रहेकाले बोल्दा सचेत बन्नुहोला। परिवारमा मनमुटाव हुनसक्छ। बन्धुसँग गरेको सहकार्यले व्यापारमा फाइदा हुनेछ। राजनीतिमा हात नहाल्नु उपयुक्त हुनेछ।

कर्कट : दिन राम्रो छ। सोचेको काम बन्नेछ। आज पश्चिमको दुईपाङ्गे यात्रामा नजानु होला। इष्टमित्रको साथ मिल्नेछ। कारोबारमा भने घाटा लाग्ने भएकाले सचेत बन्नु उपयुक्त हुन्छ।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपमा कायम गर्न सके काम बन्नेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रमझममा मन जानेछ। परिवारमा समय दिनुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। आज दीर्घकालीन योजना बन्नेछन्। ठूला व्यक्तिको सहयोगबाट गरेको काममा फाइदा हुनेछ। परिवारमा घुमघामको योजना बन्नेछ।

तुला : दिन सामान्य छ। अरुको काममा धेरै समय खर्चनुपर्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। शिक्षाको क्षेत्रमा सन्तोषजनक नतिजा प्राप्त हुनेछ। प्रशंसा गर्ने बढ्नेछन्। स्वदेशमै विकल्प देखिनेछ।

वृश्चिक : दिन राम्रो छ। आम्दानीको स्रोत बलियो बन्नेछ। शिक्षामा गरेको अथक प्रयासले सार्थकता पाउनेछ। आफ्ना र आफन्तसँग तर्क नगर्नु राम्रो हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ख्याल गर्नुपर्नेछ।

धनु : दिन राम्रो छ। संयुक्त लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवनमा भने खटपटी आउन सक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्साह थपिनेछ। धार्मिक कार्यमा मन जानेछ।।

मकर : दिन सामान्य छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। आलोचना गर्नेहरु बढ्नेछन्। परिवार र आफन्तको भने राम्रो साथ मिल्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा सचेत हुनुपर्नेछ।

कुम्भ : दिन सामान्य छ। आज अनावश्यक यात्रामा समय खर्च हुनेछ। शिक्षामा आशिंक लाभ मिल्नेछ। परिवारभन्दा बाहिरबाट साथ मिल्नेछ। दाम्पत्य जीवनमा केही सकारात्मक साथ मिल्नेछ।

मीन : दिन राम्रो छ। शिक्षाको क्षेत्रका सुधारका संकेत देखिनेछन्। बोल्दा सचेत हुनुपर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : ०९ बजे

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का