बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा « Khabarhub

बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका खानेपानी तथा ऊर्जा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन् । उनले मंगलबार मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र बुझाएका छन् ।  

यसअघि साउन ९ गते नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले पनि राजीनामा दिएका थिए । सोही दिन मुख्यमन्त्री लामाले राजीनामा दिएका चारै मन्त्रीलाई बर्खास्त गरेका थिए । 

१४ वटा मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा मुख्यमन्त्री लामासहित कांग्रेसबाट आठ जना सहभागी थिए । अब उनीसँगै हरिप्रभा खड्की सामाजिक विकास र कुन्दनराज काफ्ले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा छन् । 

मुख्यमन्त्री लामालाई पार्टी संसदीय दलको नेताबाट हटाउन २१ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव पेस गरिएको छ । उक्त संख्या कुल प्रदेशसभा सदस्यको बहुमत रहेकाले लामालाई नेताबाट हटाएर बानियाँलाई प्रदेशसभा संसदीय दलको नेता चयन गर्न माग गरिएको छ । 

११० सदस्यीय वागमती प्रदेशसभामा कांग्रेसका ३७ सदस्य रहेका छन् । अविश्वास प्रस्ताव दर्ताको समयमा २१ जना मध्ये १८ जना प्रदेशसभा सदस्यहरु सहभागी थिए । तीन जना प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गरे दलको कार्यालयमा उपस्थित थिएनन् । 

२१ जना प्रदेशसभा सदस्यहरूले दलको नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री लामाको पद धरापमा परेको छ । यद्यपि, हस्ताक्षर गर्ने २१ मध्ये दुई प्रदेशसभा सदस्य (मीना पराजुली र माया श्रेष्ठ)ले मुख्यमन्त्री लामालाई नै समर्थन गर्ने बताइसकेका छन् । 

दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री लामाले विधानअनुसार बहुमत सदस्यको समर्थन रहेको सिद्ध गर्नुपर्ने हुन्छ । प्रदेश संसदीय दलको विधानको धारा १८ अनुसार अविश्वासको प्रस्ताव दर्ता भएपछि १५ दिनभित्र दलको बैठक बोलाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ११ : २६ बजे

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती