कांग्रेस बागमती संसदीय दलको बैठक हेटौँडामा, टरेको छैन मुख्यमन्त्री लामाको संकट « Khabarhub

कांग्रेस बागमती संसदीय दलको बैठक हेटौँडामा, टरेको छैन मुख्यमन्त्री लामाको संकट


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक हैटौँडामा मंगलबार मध्यान्ह सुरू भएको छ ।

यो संसदीय दलको बैठकमा संसदीय दलका नेता बहादुरसिंह लामा तामाङमाथि कांग्रेसका सांसद इन्द्र बानियाँसहितले ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल हुँदैछ । यो बैठक कांग्रेस केन्द्रले पर्यवेक्षकका रुपमा खटाएका प्रतिनिधिसभा सदस्य राजेन्द्र केसी पनि सहभागी छन् ।

बागमती प्रदेशसभास्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले लामाको भविष्यको छिनोफानो गर्नेछ । दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार बस्ने भनिएको बैठक मंगलबार बिहान १० बजे बोलाइएको थियो।

केन्द्रीय सदस्य तथा पर्यवेक्षक केसीको उपस्थितिमा बसेको बैठकले अविश्वासको प्रस्तावलाई टुङ्गोमा लैजानेछ ।

मुख्यमन्त्री लामाविरुद्ध सुरूमा कांग्रेसका २१ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। तर पछिल्लो पटक दुई सांसदले अविश्वास प्रस्तावको हस्ताक्षरबाट हात झिकेका छन् ।

उता खानेपानी मन्त्री श्यामबहादुर खड्काले पदबाट राजीनामा दिँदै अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । यससँगै प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने सांसदको संख्या २२ पुगेको छ।

सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले आफूलाई जानकारी नै नदिई हस्ताक्षर गराइएको भन्दै समर्थन फिर्ता लिएका छन्।

बागमती प्रदेश सरकारबाट कांग्रेसका ५ जना मन्त्रीले राजीनामा दिइसकेका छन्, जसले दलभित्रको विवादलाई थप जटिल बनाएको छ। केन्द्रबाट खटाइएका केसीले समेत यो विवाद मिलाउन असफल भएका छन् ।

यो बैठकले अविश्वास प्रस्ताव र मुख्यमन्त्री लामाको भविष्य निर्धारण गर्नेछ । बैठकले कांग्रेस बागमती संसदीय दलभित्रको आन्तरिक विवादलाई समाधान गर्ने नगर्ने चासोको विषय बनेको छ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १२ : ५१ बजे

रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रतिनिधि

रास्वपा महाधिवेशन : बन्दसत्र रोकेर छलफलमा जुट्ने नेताहरू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सोमबार हुने भनिएको बन्दसत्र

जेलेन्स्कीले स्टार्मरको युक्रेन समर्थनको प्रशंसा गरे, रूसले भने नीतिमा परिवर्तन नहुने प्रतिक्रिया

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको युक्रेनलाई

सम्पत्ति शुद्धीकरणको इमेलले पक्राउ परेका पौडेललाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइँदै

सुर्खेत- पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति

राहदानी छपाइ प्रकरण : १० अर्ब १३ करोडको भ्रष्टाचार मुद्दा, सरकारी अधिकारीदेखि विदेशी कम्पनीसम्म तानिए

काठमाडौं- राहदानी विभागको इलेक्ट्रोनिक मेसिन रिडेबल ट्राभल डकुमेन्ट (ईएआरटीडीएस) खरिद