हितेन्द्रले भने- संकटग्रस्त मधेशका डिप बोरिङ जडान हुने स्थानमा छिटो विद्युतको पहुँच पुर्‍या‍औँ « Khabarhub

हितेन्द्रले भने- संकटग्रस्त मधेशका डिप बोरिङ जडान हुने स्थानमा छिटो विद्युतको पहुँच पुर्‍या‍औँ


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा डिप बोरिङ जडान हुने स्थानमा छिटो भन्दा छिटो विद्युतको पहुँच पुराउन मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । 

मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशका सबै वितरण प्रमुखसँग छलफल गर्दै कार्यकारी निर्देशक शाक्यले डिप बोरिङ जडान हुने स्थानमा स्थानीय तह र मातहतका निकायहरूसँग समन्वय गर्दै विद्युत्को तार, पोल, मिटर जडान लगायतका काम ५ देखि १० दिन भित्र गरिसक्न निर्देशन दिएका हुन् ।

सिँचाइका लागि सहज गर्न थ्रीफेज लाइन जडान गर्नुपर्ने भन्दै उनले प्रक्रियामा विषयमा नअल्झीकन छिटो सेवा दिन समेत निर्देश गरे । 

शाक्यले प्राधिकरण सेवामूलक साथै व्यवसायीक संस्था भएकाले विद्युत् बिक्रीबाट संस्था सञ्चालन हुने स्पष्ट पारे । प्राधिकरण सरकारको अनुदानबाट नचल्ने भएकाले सेवा सुविधा बढाउनका लागि दबाब दिनु उचित नभएको उनको भनाइ छ । 

शाक्यले प्राधिकरणको घाटा बढ्दै गए संस्था नोक्सानमा जान धेरै समय नलाग्ने भएकाले यसबारेमा सबैलाई बुझाउन जरुरी रहेको बताए । 

सेवा भनेर निःशुल्क विद्युत् बाँड्न नसकिने उनले स्पष्ट पारे । उनले सिँचाई र खानेपानीका लागि सस्तोमा विद्युत्को उपलब्ध गराउने प्रतिबद्धता जनाए ।  

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : ४५ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण