समस्या पर्दा भारतले सधैँ सहयोग गरेको छ : मालदिभ्सकी पूर्वविदेशमन्त्री मौमुन | Khabarhub Khabarhub

समस्या पर्दा भारतले सधैँ सहयोग गरेको छ : मालदिभ्सकी पूर्वविदेशमन्त्री मौमुन


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालदिभ्सकी पूर्वविदेशमन्त्री दुनिया मौमुनले आफ्नो मुलुकलाई समस्या पर्दा भारतले सधैँ सहयोग गर्दै आएको बताएकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मालदिभ्स भ्रमणका क्रममा पूर्वविदेशमन्त्री मौमुनले यस्तो बताएकी हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले दुई मुलुकबीचको सम्बन्ध थप बलियो हुने अपेक्षा पनि व्यक्त गरिन् । हिन्द महासागर क्षेत्रको सबैभन्दा ठूलो मुलुकको हिसाबमा यस क्षेत्रमा शान्ति र सुरक्षा बहाल गर्नु भारतको जिममेवारी रहेको उनको भनाइ छ ।

कुनै घटनाक्रमले गर्दा कहिलेकहीँ उतारचढाव आएपनि त्यसले दुई मुलुकबीचको सम्बन्धमा असर पर्न नहुने उनले उल्लेख गरिन् । पर्यटन क्षेत्र मालदिभ्सको अर्थतन्त्रको प्रमुख आधार रहेको बताउँदै उनले भारतले पनि पर्यटन क्षेत्रलाई सहयोग गर्दै आएको टिप्पणी गरिन् ।

कोरोना भाइरस महामारीका बेलामा खोप प्रदान गरेर भारतले ठूलो सहयोग गरेको उनको भनाइ छ । उनले आउँदो समय दुई मुलुकबीच जनस्तरको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको उल्लेख गरिन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : २७ बजे

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ