'प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छ' | Khabarhub Khabarhub

‘प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छ’


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका क्रममा व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्च तहमा वार्ता गर्नेगरी तयारी भइरहेको बताएका छन्
    
‘नेपाल फ्रेट फरवार्डस् एसोसिएसन’ले ३१औँ कार्गो दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले व्यापार समस्या समाधानका विषयमा  प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेगरी मन्त्रालयको कार्यक्रम तय भएको बताए । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा व्यापार प्रवर्द्धनका विषयमा पनि वार्ता हुने उनले बताए। नेपालको पहिलो बजार छिमेकी देश भारत र चीन भएकाले दुवै देशबीच हुने व्यापार समस्या समाधान गर्न सरकारले काम गर्ने उहाँले प्रतिबद्धता जनाए ।
 
दुवै देशबीच व्यापारको स्तरवृद्धि हुनेगरि काम गर्न मन्त्रालयले पहल गरिरहेको मन्त्री भण्डारीले बताए। अरूका वस्तु खरिद गरेर मात्र व्यापार नहुने उल्लेख गर्दै उनले आफ्नो देशका उत्पादन विदेशमा निर्यात गरेर बिक्री बढाउने वातावरण बनाउने गरी काम भइरहेको बताए। 

महालेखा नियन्त्रक शोभाकान्त पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, आयोजक संस्थाका अध्यक्ष राजेन्द्र सङ्ग्रौलालगायतले नेपालले अन्य देशसँग गरिरहेको व्यापार प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : ३१ बजे

माइभगवती रङ्गशाला : बजेट अभावमा निर्माण ठप्प

फिक्कल– इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’

रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र

अमेरिकी प्रष्टिकरण : भारतमाथिको प्रतिबन्ध रूसलाई दबाब बढाएर युद्ध रोक्न

नयाँदिल्ली- अमेरिकाले भारतमाथि लगाइएको प्रतिबन्धले रसियालाई युक्रेन युद्ध रोक्न दबाब

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे

कीर्तिपुर– पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म