भारतमा बनेको टाइटेनियम विश्वभरका रक्षा उद्योगमा आपूर्ति हुँदै | Khabarhub Khabarhub

भारतमा बनेको टाइटेनियम विश्वभरका रक्षा उद्योगमा आपूर्ति हुँदै


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय भारतमा रक्षा उद्योगको तीव्र विकास भइरहेको छ । रक्षा उद्योगमा भारतका विभिन्न निजी उद्योगले पनि हात हालेका छन् ।

यसै क्रममा पीटीसी इण्डष्ट्रिजले उत्तर प्रदेश राज्यस्थित रक्षा उद्योग करिडोरमा ५० एकड क्षेत्रफलमा कारखाना खोलेको छ । यसले टाइटेनियम र ‘सुपरएलोइ’ को उत्पादन गर्दै आएको छ ।

यस कारखानाले भारतमात्र नभई विश्वका विभिन्न मुलुकको माग धान्ने अपेक्षा गरिएको छ । टाइटेनियम र ‘सुपरएलोइ’ निकल र कोबाल्टमा आधारित पदार्थ हुन् ।

यस्ता पदार्थ रक्षा उत्पादनका लागि निकै महत्वपूर्ण मानिन्छ । ‘सुपरएलोइ’ हवाइ इन्जिनजस्ता उच्च तापक्रम उत्पन्न हुने अवस्थामा प्रयोग हुन्छ ।

पीटीसी इण्डष्ट्रिजले १ हजार करोड भारुको लागतमा कारखाना स्थापना गरेको हो । यसले बेलायती रक्षा उद्योग बीएई सिस्टमका लागि टाइटेनियम आपूर्ति गर्दै आएको छ ।

यस कारखानाबाट उत्पादित पदार्थलाई बीएई सिस्टमले एम–७७७ अल्ट्रा लाइटवेट हवित्जरका लागि प्रयोग गर्दै आएको छ । यो एम–७७७ हवित्जर भारतले पनि प्रयोग गर्छ ।

बीएई सिस्टमबाहेक इजरायलको इजरायली एरोस्पेस इण्डष्ट्रिज (आईएआई), सफ्रान र दसोँ एभ्यासोँले पनि यस कारखानाको उत्पादन प्रयोग गर्नेबारे दीर्घकालीन सम्झौता गरिसकेका छन् । भारतीय अनलाइन समाचार पोर्टल द प्रिन्टका अनुसार पछिल्लो समय विभिन्न विदेशी संस्थाहरुले टाइटेनियम आपूर्तिका लागि कम्पनीसँग सम्पर्क बढाउँदै लगेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ४ : ०१ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना