पाकिस्तानमा सक्रिय लडाकुले सुरक्षाकर्मीमाथि बम खसाल्न ड्रोन प्रयोग गर्न थाले « Khabarhub

पाकिस्तानमा सक्रिय लडाकुले सुरक्षाकर्मीमाथि बम खसाल्न ड्रोन प्रयोग गर्न थाले


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा सक्रिय लडाकुले सुरक्षाकर्मीमाथि आक्रमण गर्न नौलो प्रविधि प्रयोग थालेको पाइएको छ । पाकिस्तानी लडाकुले सुरक्षाकर्मीमाथि आक्रमण गर्न चालकरहित हवाइ उपकरण ‘ड्रोन’ प्रयोग गर्न थालेका हुन् ।

प्रहरीका अनुसार यस्ता व्यवसायिक रुपमा बजारमा पाइने ड्रोनको प्रयोग गरी लडाकुले सुरक्षाकर्मीलाई लक्षित गरी बम खसाल्न थालेका हुन् । यसबाट सुरक्षा व्यवस्थामा गम्भीर चुनौती थपिएको अधिकारीहरुले जनाएका छन् ।

केही समयअघि पाकिस्तानको उत्तरपश्चिमी बान्नु जिल्लामा दुई वटा ड्रोन प्रयोग गरी प्रहरी चौकीमा हमला गरेका थिए । हमलाका क्रममा प्रहरी चौकी नजिकै रहेको घरका एक जना महिलाको ज्यान गएको थियो । उक्त घटनामा अरु तीन जना बालबालिका घाइते भएका थिए ।

केही दिनअघिमात्रै पनि अर्को प्रहरी चौकीमा यस्तै ड्रोन देखा परेको थियो । यद्यपि प्रहरीले गोली हानी उक्त ड्रोन खसालेका थिए । उक्त ड्रोनमा मोर्टार सेल जडान गरिएको पत्ता लागेको थियो ।

प्रहरीका अनुसार पछिल्लो अढाई महिनामा बन्नु र आसपासका क्षेत्रमा यस्ता ८ ड्रोन आक्रमणको घटना भएका छन् । क्षेत्रीय प्रहरी प्रमुख साजिद खानका अनुसार लडाकुले ड्रोन प्रयोगलाई अझै प्रभावकारी बनाउन सिकिरहेका छन् । यसका लागि उनीहरुले नयाँ नयाँ परीक्षण गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : १८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया