पाकिस्तानमा सक्रिय लडाकुले सुरक्षाकर्मीमाथि बम खसाल्न ड्रोन प्रयोग गर्न थाले « Khabarhub

पाकिस्तानमा सक्रिय लडाकुले सुरक्षाकर्मीमाथि बम खसाल्न ड्रोन प्रयोग गर्न थाले


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा सक्रिय लडाकुले सुरक्षाकर्मीमाथि आक्रमण गर्न नौलो प्रविधि प्रयोग थालेको पाइएको छ । पाकिस्तानी लडाकुले सुरक्षाकर्मीमाथि आक्रमण गर्न चालकरहित हवाइ उपकरण ‘ड्रोन’ प्रयोग गर्न थालेका हुन् ।

प्रहरीका अनुसार यस्ता व्यवसायिक रुपमा बजारमा पाइने ड्रोनको प्रयोग गरी लडाकुले सुरक्षाकर्मीलाई लक्षित गरी बम खसाल्न थालेका हुन् । यसबाट सुरक्षा व्यवस्थामा गम्भीर चुनौती थपिएको अधिकारीहरुले जनाएका छन् ।

केही समयअघि पाकिस्तानको उत्तरपश्चिमी बान्नु जिल्लामा दुई वटा ड्रोन प्रयोग गरी प्रहरी चौकीमा हमला गरेका थिए । हमलाका क्रममा प्रहरी चौकी नजिकै रहेको घरका एक जना महिलाको ज्यान गएको थियो । उक्त घटनामा अरु तीन जना बालबालिका घाइते भएका थिए ।

केही दिनअघिमात्रै पनि अर्को प्रहरी चौकीमा यस्तै ड्रोन देखा परेको थियो । यद्यपि प्रहरीले गोली हानी उक्त ड्रोन खसालेका थिए । उक्त ड्रोनमा मोर्टार सेल जडान गरिएको पत्ता लागेको थियो ।

प्रहरीका अनुसार पछिल्लो अढाई महिनामा बन्नु र आसपासका क्षेत्रमा यस्ता ८ ड्रोन आक्रमणको घटना भएका छन् । क्षेत्रीय प्रहरी प्रमुख साजिद खानका अनुसार लडाकुले ड्रोन प्रयोगलाई अझै प्रभावकारी बनाउन सिकिरहेका छन् । यसका लागि उनीहरुले नयाँ नयाँ परीक्षण गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : १८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल