सन्तान जन्माउने चिनियाँ दम्पत्तिले पैसा पाउने | Khabarhub Khabarhub

सन्तान जन्माउने चिनियाँ दम्पत्तिले पैसा पाउने


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको जन्मदर पछिल्लो समय निरन्तर घट्दै गइरहेको छ । यस्तो अवस्थामा जनसङ्ख्या बढाउन चीनले नयाँ जुक्ति निकालेको छ ।

चीन सरकारले सन्तान जन्माउने दम्पत्तिलाई हरेक वर्ष ३ हजार ६ सय युआन अर्थात् ५ सय डलर दिने योजना अघि सारेको छ । बीबीसीका अनुसार सन्तान जन्माउने दम्पत्तिलाई बच्चा तीन वर्षको हुँदासम्म उक्त रकम प्रदान गरिनेछ ।

यस योजनाले चीनका २ करोड परिवार लाभान्वित हुनेछन् । चीनका विभिन्न प्रान्तहरुले यस कार्यक्रमलाई अघि बढाइसकेका छन् ।

सोमबार घोषणा गरिएको यस कार्यक्रमअन्तर्गत हरेक सन्तानले १० हजार ८ सय युआनसम्म प्राप्त गर्नेछन् । सन् २०२२ देखि सन् २०२४ सम्म जन्मेका बच्चाका लागि पनि यस कार्यक्रममा आवेदन दिन सकिने बीबीसीले उल्लेख गरेको छ ।

जन्मदर घट्दै जाँदा चीन सरकारले झण्डै एक दशकअघि विवादास्पद एक सन्तान नीति खारेज गरेको थियो । गत मार्च महिनामा उत्तरी चीनको भित्री मङ्गोलिया क्षेत्रको होहोट शहरमा कम्तीमा तीन सन्तान भएका परिवारले प्रत्येक सन्तानका लागि जनही १ लाख युआन प्रदान गर्ने घोषणा गरिएको थियो ।

त्यसैगरी, उत्तरपूर्वी चीनको शेन्याङ शहरले हरेक परिवारमा जन्मेको तेस्रो सन्तानका लागि बच्चा तीन वर्ष हुन्जेलसम्म ५ सय युआन प्रतिमहिना दिने घोषणा गरेको थियो ।

गत सातामात्रै चीन सरकारले स्थानीय निकायहरुलाई विद्यालयपूर्वको शिक्षा निःशुल्क बनाउने योजनाको मस्यौदा ल्याउन आग्रह गरेको थियो ।

चीनमा आधारित युवा जनसङ्ख्या अनुसन्धान प्रतिष्ठानका अनुसार बच्चा हुर्काउनका लागि चीन संसारकै सबैभन्दा महङ्गो मुलुक हो । १७ वर्षसम्म बच्चा हुर्काउन चीनमा औसत ७५ हजार ७ सय अमेरिकी डलर खर्च हुने गरेको छ ।

सन् २०२४ मा चीनमा ९५ लाख ४० हजार बच्चा जन्मेका थिए । सन् २०१६ को तुलनामा यो झण्डै आधाले कम हो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : १९ बजे

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री

मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे

ओलीलक्षित प्रचण्डको कटाक्ष : जेन-जीहरूलाई दमन र हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भनेछन्

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जीहरूको शान्तिपूर्ण

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव