रास्वपाको हस्ताक्षर अभियानबारे प्रधानमन्त्रीको कटाक्ष- तीन करोडभन्दा माथि चाहिँ नपुगोस् | Khabarhub Khabarhub

रास्वपाको हस्ताक्षर अभियानबारे प्रधानमन्त्रीको कटाक्ष- तीन करोडभन्दा माथि चाहिँ नपुगोस्

रविलाई अदालतले थुनामा पठाउँदा आफूलाई गाली गरेको गुनासो


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूले नै राजनीतिमा ल्याएको बताएका छन् ।

कैलालीको जानकी गाउँपालिका-९ कटासेस्थित रानी जमरा कुलरिया आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको मंगलबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

ओलीले राष्ट्रिय लामिछानेलाई राजनीतिमा ल्याउने व्यक्ति आफू नै भएको दाबी गर्दै उपप्रधानमन्त्री र गृहमन्त्रीसमेत बनाएको स्मरण गराएका छन् । अहिले लामिछानेका समर्थकहरू आफूलाई गाली गरिरहेको भन्दै उनले गुनासो पोखेका छन् ।

प्रधानमन्त्री ओलीले जनतालाई व्यवस्थाविरोधी शक्तिहरूको भ्रममा नपर्न पनि आग्रह गरेका छन्। ‘जो संसदविरोधी छन्, उनीहरू अहिलेको व्यवस्थामाथि प्रहार गरिरहेका छन्। हामीले लोकतन्त्र ल्याउँदा थुप्रै यातना सह्यौं, जेलनेल भोग्यौं। तर अहिले उनीहरू तर मार्न आएका छन्।’

उनले सामाजिक सञ्जालमा गालीगलौजसहित दिइने गैरजिम्मेवार अभिव्यक्तिको पनि आलोचना गरे । ‘फेसबुकमा स्टाटस लेख्न, अरुलाई गाली गर्न र सभ्यतामाथि आक्रमण गर्न पाउनु स्वतन्त्रता होइन’, उनले भने ।

सहकारी ठगी प्रकरणमा रविविरुद्ध अदालतले गरेको आदेशलाई लिएर रास्वपाले गरिरहेको हस्ताक्षर अभियानप्रति ओलीले आपत्ति जनाए ।

‘कसैले अपराध गरेमा थुन्ने कि नथुन्ने भन्ने कुरा अदालतको हो, सरकारको होइन’, उनले भने, ‘उनलाई अदालतले थुन्यो, सरकारले होइन। तर अहिले उनका समर्थकहरू मलाई नै गाली गर्छन्। उनलाई मैले नै राजनीतिमा ल्याएर गृहमन्त्री र उपप्रधानमन्त्रीसमेत बनाएको थिएँ ।’

अदालतको आदेशविरुद्ध चलाइएको हस्ताक्षर अभियानप्रति उनले रोष प्रकट गरेका छन् । ‘तीन करोडभन्दा माथि हस्ताक्षर पुग्यो भने अनौठो होला’, उनले भने, ‘त्यहाँभन्दा माथि चाहिँ नपुगोस् है ।’ उनले यो सरकार आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट संकेत गरेका छन् ।

मुख्य कुरा

रवि लामिछानेलाई राजनीतिमा ल्याएर गृहमन्त्री बनाएँ ।

हस्ताक्षर अभियान अदालतको आदेशको विपक्षमा चलाइयो ।

व्यवस्थाविरोधी प्रवृत्तिप्रति सचेत रहन आग्रह ।

रविलाई सरकारले होइन, अदालतले थुनेको जवाफ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : ४९ बजे

मनराशिसवाका किसानलाई मालपोत राजस्वमा शतप्रतिशत छुट

जनकपुरधाम – सुक्खाग्रस्त क्षेत्रका किसानलाई आर्थिकरुपमा राहत दिन महोत्तरीको मनराशिसवा

भूमि विधेयकको भवितव्य : खिरमा गोबर !

काठमाडौं – सरकारले प्रतिनिधिसभामा दर्ता गरेको भूमि विधेयकमाथि संसदीय समितिमा

विश्वभर असर गरेको भूकम्पबाट रूसमा एक जनाको पनि गएन ज्यान

काठमाडौं- रूसको कामचटका प्रायद्वीपमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वभर

मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेसँगै सार्वजनिक