नेपालमा पनि विश्व बाघ दिवस मनाइयो « Khabarhub

नेपालमा पनि विश्व बाघ दिवस मनाइयो


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  

पाटेबाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ । 

सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै विश्व बाघ दिवस मनाउन थालिएको हो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

विश्व बाघ दिवसका अवसरमा चितवन राष्ट्रिय निकुञ्ज कसरामा विशेष कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले बाघको संरक्षण क्षेत्रमा चुनौती र अवसरहरूको बाबजुद सरकारले आवश्यक लगानी गर्न नसकेको बताए । उनले बाघ लगायतका वन्यजन्तु संरक्षणमा तीनै तहको सरकार मिलेर अघि बढ्नुपर्ने जिकिर गरे । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यले बाघ जस्तो सुन्दर प्रजातिलाई बचाउन जरुरी रहेको बताए ।  

सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ ।

नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, वासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : ०५ बजे

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०