प्रधानमन्त्रीलाई एमाले कैलाली-२ को ध्यानाकर्षण पत्र : सुदूरपश्चिमको विकास र पूर्वाधारमा जोड « Khabarhub

प्रधानमन्त्रीलाई एमाले कैलाली-२ को ध्यानाकर्षण पत्र : सुदूरपश्चिमको विकास र पूर्वाधारमा जोड


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमाले कैलाली क्षेत्र नं. २ निर्वाचन क्षेत्रीय समन्वय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । 

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुन कैलाली आएको बेला समन्वय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ बुँदे माग पत्र सहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उक्त ध्यानाकर्षण पत्रमा सुदूरपश्चिम प्रदेशको समावेशी विकास, पूर्वाधार विस्तार, रोजगारी सृजना, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा तत्काल ध्यान दिनुपर्ने मागहरू समावेश छन् ।

निर्वाचन क्षेत्र इन्चार्ज एवं नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कमला ओली नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको हो । पत्रमा डुडेझारी औद्योगिक क्षेत्र विकास गरी सुदूरपश्चिमको विशेषता अनुरूप रोजगारी सृजना गर्ने उद्देश्यले औद्योगिक क्षेत्रको स्थापना गर्न माग गरिएको छ । 

चिसापानी गड्डाचौकी छ लेनको बाटो निर्माण प्रक्रिया अघि बढाउन र दीर्घकालीन योजना र बजेट सुनिश्चित गर्न आग्रह गरिएको छ । सेती लोक मार्गलाई राष्ट्रिय महत्वको आयोजनाको रूपमा घोषणा गरेर यसलाई सुदूरपश्चिमको वैकल्पिक जीवन रेखा बनाउने दृष्टिकोणले अघि बढाउन माग गरिएको छ ।

चिसापानी कुईने जंगलघाट मंगलसैन सडक निर्माणलाई प्राथमिकतामा राख्न, सुदूरपश्चिमका १३ क्याम्पसलाई शीघ्र आङ्गिक क्याम्पसका रूपमा विकास गर्न र नदी कटान क्षेत्रलाई तटबन्ध गरेर सधैँको समस्यालाई निराकरण गर्न माग गरिएको छ । 

माग पत्रमा इन्चार्ज कमला ओली, संयोजक धनञ्जय न्यौपाने, सहसंयोजक प्रेम भुल, सचिव टंकराज ओलीसहितले हस्ताक्षर गरेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीले सरकार माग संशोधन गर्न र जनताका जीवन स्तर सुधारका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : ३० बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण