विपद्को उद्धारका लागि सशस्त्रको वेश क्याम्प « Khabarhub

विपद्को उद्धारका लागि सशस्त्रको वेश क्याम्प


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

गुल्मी–  विपद्को समयमा उद्धारका लागि गुल्मीको चन्द्रकोटमा सशस्त्र प्रहरीको वेश स्थापना गरिएको छ । वर्षाको समयमा उत्पन्न हुनसक्ने बाढी र पहिरोलाई लक्षित गरी तत्काल उद्धार गर्ने उद्देश्यले चन्द्रकोट गाउँपालिका–८ मजुवामा वेश स्थापना गरिएको हो । 
     
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निर्देशनमा सशस्त्र प्रहरी बल ३७ नं गुल्म गुल्मीद्वारा मजुवामा रहेको मानका टीकाराम बहुमुखी क्याम्पसमा मनसुन प्रतिकार्य वेश स्थापना गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुदीप पछाईले जानकारी दिए । सशस्त्र प्रहरी नायब निरीक्षक टोपबहादुर कुमालको कमाण्डमा २० जनाको टोली वेशमा खटिएको पछाईले बताए। 

सशस्त्रको वेशमा विपत् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त जनशक्ति परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक पछाईले गोताखोर परिचालन गर्नुपर्ने अवस्थामा तत्काल जनशक्ति आवश्यक परेको खण्डमा सशस्त्रको ५ नं विध्यबाहिनी मुख्यालयले पठाउने गरी समन्वय भएको बताए । 

जिल्ला सदरमुकामदेखि टाढा रहेको निर्वाचन क्षेत्र नं १ का बस्तीहरूमा हुने विपत्लाई केन्द्रमा राखेर वेश स्थापना गरिएको हो । बाढी र पहिरोको उच्च जोखिममा रहेका मुसीकोट, गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र, सत्यवती, चन्द्रकोटलगायत बडिगाड खोला किनारका बस्तीहरूमा तत्काल उद्धारको लागि सशस्त्रको वेश उपयुक्त देखिएको सशस्त्र प्रहरी नायब उपरीक्षक पछाइले बताए। 

उनले अहिले पनि आफ्नो टोलीले कार्यक्षेत्रमा अवरुद्ध सडक सञ्चालनको लागि काम गरिरहेको बताए।
     
जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरका अनुसार जिल्लामा तत्काल अवरुद्ध सडक सञ्चालन, बाढी र पहिरोको जोखिम स्थान पहिचान र सतर्कतालगायत कामका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रको टोलीलाई तैयारी अवस्थामा राखिएको छ ।
      
गुल्मीको जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २०० भन्दा धेरै ठाउँहरू बाढी र पहिरोको जोखिममा रहेका छन् । बर्सातको समयमा जिल्लामा यस पटक २२ हजार नागरिक प्रभावित हुने अनुमान जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले गरेको छ ।  
 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : २१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह