२१ वर्षपछि उही नामको फिल्म ‘सुख दुःख’ गर्दै मिथिला शर्मा « Khabarhub

२१ वर्षपछि उही नामको फिल्म ‘सुख दुःख’ गर्दै मिथिला शर्मा


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुङ्गानको डेब्यू निर्देशन रहने फिल्म ‘सुख दुःख’मा वरिष्ठ कलाकार मिथिला शर्माको प्रवेश भएको छ ।

फिल्मका लागि मिथिलासँग कागजी सम्झौता भएको नीताले सोमबार सार्वजनिक गराएकी हुन् ।

डेब्यू फिल्ममा मिथिलासँग सहकार्य गर्न पाउँदा नीता उत्साहित देखिएकी छन् । उनले भनिन्, ‘उहाँ (मिथिला) नभएको फिल्म अपूरो हुन्थ्यो । अब पूर्ण भएको महसुस भएको छ ।’

उनले पूर्ण महसुस भएकाे बताए पनि फिल्मका शीर्ष कलाकारबारे जानकारी दिएकी छैनन् ।

फिल्मको निर्मातासमेत रहेकी नीताले अन्य कलाकारबारे जानकारी दिएकी छैनन् । अहिले उनी प्राविधकहरु चयनको काममा रहेको बुझिएको छ ।

नीताको निजी ब्यानर ‘नीता फिल्मस्’बाट यो फिल्म बन्ने बताइएको छ ।

नीताले निर्देशन गर्न लागेको फिल्म ‘सुख दुःख’ नयाँ नाम होइन । सन् २००४ मा यही नाम गरेको नेपाली फिल्म प्रदर्शनमा आएको थियो ।

उक्त फिल्मको निर्देशक र लेखक शिव रेग्मी हुन् । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र झरना थापा यस फिल्मको शीर्ष भूमिकामा थिए । मिथिला शर्मा त्यस फिल्मको मुख्य भूमिकामा थिइन् ।

‘सुद दुःख’ प्रदर्शनमा आएको २१ वर्षपछि सोही शीर्षकको फिल्ममा मिथिलाले अभिनय गर्ने भएकी हुन् ।

यो फिल्मको छायाङ्नक चाडै सुरु गर्ने योजनामा नीता रहेकी छन् । ०८३ सालको दशैँलाई प्रदर्शन मिति तोकिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : ५५ बजे

पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले पेट्रोल पम्पमा भीड

काठमाडौं– पेट्रोलियम पदार्थ अभाव हुने हल्ला फैलिएकोबीच राजधानीमा इन्धन भर्न

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १सय ३२

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने

एजेन्सी– बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको