आज २०८२ साल भदौ १३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ १३ गते शुक्रबारको राशिफल


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १३ गते शुक्रबार। भाद्र शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अगष्ट २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापार व्यवसायमा नाफा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। आज घुमफिरको योग परेको छ।

वृष : दिन राम्रो छ। मन प्रशन्न रहनेछ। विपक्षीमाथि विजयी प्राप्त हुनेछ। पराक्रम बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन : दिन सामान्य छ। मन अशान्त बन्नेछ। शत्रु बढ्नेछन्। परिवारको सल्लाह लिएर अघि बढ्नु फलदायी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : दिन सामान्य छ। व्यापार व्यवसायमा घाटा हुने जोखिम छ। मनमा चिन्ता थपिनेछ। थोरै बोल्नु उपयुक्त हुनेछ। काम गर्दा तीन पटक सोचेर निर्णय गर्नु उचित हुन्छ।

सिंह : दिन राम्रो छ। आज नयाँनयाँ लुगा लगाउने अवसर प्राप्त हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। शत्रुमाथि विजयी प्राप्त हुने योग रहेको छ। परिवारको साथमा रमाइलो गर्ने योग छ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। आजको दिन कार्यक्षेत्रमा बढुवा हुने सम्भावना छ। शिक्षाको क्षेत्रमा भने आलश्य बढ्नेछ।

तुला : मन प्रशन्न रहनेछ। बौद्धिक व्यक्तित्वसँगको भेटले नयाँ योजना बन्नेछन्। नयाँनयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृश्चिक : दिन सामान्य छ। अनावश्यक झगडा हुनेछ। स्वास्थ्यमा गडबढी हुने जोखिम छ। अनावश्यक यात्रामा पैसा र समय खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सामान्य सुधार हुनेछ।

धनु : दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। मिष्ठान्न भोजन हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। तपाईंलाई साथ दिनेको सङ्ख्या बढ्नेछ। मिहिनेतले सफलता प्राप्त होला।

मकर : दिन राम्रो छ। आम्दानी बढ्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आज तपाईंको प्रशंसा गर्ने बढ्नेछन्। सामाजिक कामले सम्मान मिल्नेछ। प्रेम सम्बन्धमा सुधार बन्नेछ।

कुम्भ : दिन सामान्य छ। साना कुराले धेरै रिस उठ्नेछ। झुठा आरोप लाग्न सक्छन्। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्नेछ। मिहिनेतको फल प्राप्त होला।

मीन : काममा बाधा हुनेछ। पश्चिमको एकल यात्रामा नजानु उपयुक्त हुन्छ। प्रेम सम्बन्धमा अवरोध आइपर्ने जोखिम छ। परिवारबाट असहयोग हुनेछ। व्यवहार गर्दा सोचेर अगाडि बढ्नु उचित हुन्छ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : ०१ बजे

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : महासचिव आहुति

काठमाडौं– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले नेपालमा

भोजपुर कारागारका कैदीबन्दीलाई ‘स्मार्ट कार्ड’

टक्सार– यहाँको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट

महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिए

जलेश्वर – महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिएका छन् ।

विश्वकप उपविजेता दृष्टिविहीन महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भएको