सहिद परिवार लक्षित कार्यक्रम कार्यान्वयनबारे छलफल « Khabarhub

सहिद परिवार लक्षित कार्यक्रम कार्यान्वयनबारे छलफल


१३ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेसी सहिद प्रतिष्ठानले चालु आर्थिक वर्षमा सहिद परिवार लक्षित कार्यक्रम कार्यान्वयनका लागि छलफल गरेको छ । 

शुक्रबार प्रतिष्ठानका अध्यक्ष एवं गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको बैठकमा चालु आवका लागि विनियोजित दुई करोड रकमलाई सहिद परिवार र तिनका सन्तानलाई प्रत्यक्ष फाइदा पुर्‍याउने गरी कार्यक्रम कार्यान्वयन गरिनुपर्नेमा जोड दिइएको छ । 

गृहसचिव विमलप्रसाद बरालले सहिद परिवारको सम्मानका लागि विनियोजित रकमबाट स्वास्थ्य, शिक्षा, सीप विकासलगायत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा विभिन्न निर्णय गरिएको बताए। 
     
बैठकले सहिदको ‘प्रोफाइल’ निर्माण तथा प्रकाशन, सहिद स्मृति पुरस्कार, स्वास्थ्य बिमा, बलिदानी दिवस आयोजना, सहिदका सन्तानलाई छात्रवृत्ति, सीप विकास तथा लोकसेवा तालिम सञ्चालन, सहिद स्मृति पार्क निर्माण गर्नेलगायत निर्णय गरेको उनले जानकारी दिए । 

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  १२ : २५ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत