रास्वपा र राप्रपाले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने « Khabarhub

रास्वपा र राप्रपाले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुई प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारको सम्बोधन बहिष्कार गर्ने निर्णय लिएका छन् ।

प्रधानमन्त्री ओलीले केही बेरमा प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति माग गर्दै आन्दोलनरत रास्वपा र राप्रपाले विरोध जारी राख्ने भएका हुन् ।

रास्वपाका प्रवक्ता मनिष झाले आन्दोलन जारी रहने बताए । ‘हाम्रो आन्दोलन जारी छ, आज पनि निरन्तर रहन्छ । हामी प्रधानमन्त्रीको सम्बोधन सुन्दैनौँ’, उनले भने ।

राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि प्रधानमन्त्री ओलीको सम्बोधन नुसनी संसद् बहिष्कार गरिने बताए ।

प्रधानमन्त्री ओलीले चीन जानुअघि प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् ।

साङघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री शनिबार प्रस्थान गर्नेछन् । चीनपछि ओली भारत भ्रमणमा जाने छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : १३ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा खर्च : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना