उखु किसानले पाउँदै आएको अनुदान घटाउने सरकारको निर्णय किसान विरोधी हो : सांसद बस्नेत « Khabarhub

उखु किसानले पाउँदै आएको अनुदान घटाउने सरकारको निर्णय किसान विरोधी हो : सांसद बस्नेत


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले उखु किसानले विगतमा पाउँदै आएको अनुदान रकम घटाउने सरकारको निर्णयलाई किसान विरोधी निर्णयको संज्ञा दिएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले उखु किसानलाई प्रतिक्वीन्टल ३५ रुपैयाँ अनुदान रकम दिने निर्णयलाई किसान विरोधी निर्णय भनेका हुन् ।   

‘किसानले पाउँदै आएको प्रति क्वीन्टल ७० रुपैयाँको अनुदान रकम घटाएर ३५ रुपैयाँ मात्र दिने सरकारले अर्को किसान विरोध निर्णय गरेको छ,’ माओवादी केन्द्रका सांसद बस्नेतले भने । 

उनले सरकारको उक्त निर्णयलाई जनविरोधी रबैयाभन्दै त्यसका विरुद्ध किसानहरूले विगत केही दिनदेखि वर्षा र तीजको परवाह नगरी सडकमा धर्ना र प्रदर्शन गरिरहेको सदनलाई जानकारी गराए ।   

बस्नेतले आत्मनिर्भर अर्थतन्त्र, गरिबी निवारण र सामाजिक न्यायका एजेन्डाहरू आजको राष्ट्रिय आवश्यकता र महत्वका विषय वस्तुहरू भएको पनि बताए । 

‘विडम्बना गत वर्ष उखु किसानहरूले पाउनुपर्ने भुक्तानी करिब एक अर्ब ५० करोडभन्दा बढी अनुदान रकम आजसम्म सरकारले भुक्तानी गर्न सकेको छैन,’ उनले भने ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : ५७ बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,