उखु किसानले पाउँदै आएको अनुदान घटाउने सरकारको निर्णय किसान विरोधी हो : सांसद बस्नेत « Khabarhub

उखु किसानले पाउँदै आएको अनुदान घटाउने सरकारको निर्णय किसान विरोधी हो : सांसद बस्नेत


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले उखु किसानले विगतमा पाउँदै आएको अनुदान रकम घटाउने सरकारको निर्णयलाई किसान विरोधी निर्णयको संज्ञा दिएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले उखु किसानलाई प्रतिक्वीन्टल ३५ रुपैयाँ अनुदान रकम दिने निर्णयलाई किसान विरोधी निर्णय भनेका हुन् ।   

‘किसानले पाउँदै आएको प्रति क्वीन्टल ७० रुपैयाँको अनुदान रकम घटाएर ३५ रुपैयाँ मात्र दिने सरकारले अर्को किसान विरोध निर्णय गरेको छ,’ माओवादी केन्द्रका सांसद बस्नेतले भने । 

उनले सरकारको उक्त निर्णयलाई जनविरोधी रबैयाभन्दै त्यसका विरुद्ध किसानहरूले विगत केही दिनदेखि वर्षा र तीजको परवाह नगरी सडकमा धर्ना र प्रदर्शन गरिरहेको सदनलाई जानकारी गराए ।   

बस्नेतले आत्मनिर्भर अर्थतन्त्र, गरिबी निवारण र सामाजिक न्यायका एजेन्डाहरू आजको राष्ट्रिय आवश्यकता र महत्वका विषय वस्तुहरू भएको पनि बताए । 

‘विडम्बना गत वर्ष उखु किसानहरूले पाउनुपर्ने भुक्तानी करिब एक अर्ब ५० करोडभन्दा बढी अनुदान रकम आजसम्म सरकारले भुक्तानी गर्न सकेको छैन,’ उनले भने ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : ५७ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने