चीन जान लागेका प्रधानमन्त्रीले लिपुलेक सहमतिबारे मौनता साँधे « Khabarhub

चीन जान लागेका प्रधानमन्त्रीले लिपुलेक सहमतिबारे मौनता साँधे


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।

शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पाँच दिने चीन भ्रमणबारे विस्तृत जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणमा भदौ १४ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेको बताए ।

‘यस भ्रमणको उद्देश्य चीनको तियामजिङ सहरमा आयोजना हुने संघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनु हो,’ उनले भने ।

नेपाल, सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको उनले बताए । ‘हाम्रो प्रयास यस संगठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गर्नु एवम्  यसमार्फत् अत्यधिक लाभ हासिल गरी नेपालको हित प्रबर्द्धन गर्नु रहेको छ’, उनले भने ।

तर ओलीले नेपाली भूमि लिपुलेक हुँदै चीन र भारत व्यापारिक मार्ग खोल्ने गरी गरेको सहमतिबारे संसद्मा मौनता साँधे ।

उनले चीन भ्रमणको लामो व्याख्या गरेपछि वीरगञ्जमा महामारीको रुप लिएको हैजा नियन्त्रणको प्रयासबारे संसद्लाई जानकारी दिए ।

तर शुक्रबारको संसद् बैठकमा पनि सत्ता र प्रतिपक्षी दलका सांसदहरूले उठाएको लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने सहमतिबारे ओलीले कुनै जवाफ दिएनन्।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र हान चङसँग भेट हुने जानकारी दिए। साथै उनले विभिन्न मित्र राष्ट्रका सरकार प्रमुखसँग समेत वार्ता गर्ने बताए। तर उक्त भेटमा आफूले उठाउने विषयबारे ओलीले केही खुलाएनन् ।

भदौ १६ गते सुरु हुने एससीओको उद्घाटन कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले अन्तिम दिन (भदौ १८) चीन सरकारले आयोजना गर्ने फासीवादविरुद्धको विश्व युद्ध र जापानमाथि चीनको जितको उत्सव अवलोकन गर्ने बताए।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले मुलुकको हित र प्रतिष्ठालाई उचाल्ने विश्वास व्यक्त गर्दै, ‘नेपालको छवि माथि उठाउने गरी हाम्रो प्रतिनिधिमण्डलले काम गर्नेछ,’ भने ।

शुक्रबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले लिपुलेक प्रकण उठाएका थिए । तर ओलीले चीन जाँदा यसबारे कुरा गर्ने-नगर्ने केही नभनी आफ्ना भनाइ राखेर बाटो लागे ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : ४२ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित