प्रधानमन्त्री ओलीले चीनमा सी र पुटिनसहित यी विश्‍व नेतालाई भेट्दैछन् « Khabarhub

प्रधानमन्त्री ओलीले चीनमा सी र पुटिनसहित यी विश्‍व नेतालाई भेट्दैछन्


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन् ।

शनिबारदेखि हुन गइरहेको चीनको पाँच दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगै रूसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने भएका हुन् ।

भ्रमणका क्रममा माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि छुट्टाछुट्टै भेटवार्ता तय भएको छ ।

शांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सीको मैत्रिपूर्ण निमन्त्राणमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेका हुन् ।

भ्रमणका क्रममा उनी बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा पनि सहभागी हुने छन् ।

उक्त कार्यक्रममा उत्तर कोरियाली शासक किम जोङ उन पनि सहभागी हुँदैछन् । प्रधानमन्त्री ओलीको किमसँग भने भेटवार्ता तय भएको छैन । चीनका अनुसार ५० भन्दा बढी देशले वार्षिकोत्सव समारोहमा सहभागिता जनाउने छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : ५१ बजे

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा