कामेश्वर र लक्ष्मी बर्देवा केन्द्रित ‘अभिमन्यु’ को ट्रेलर सार्वजनिक « Khabarhub

कामेश्वर र लक्ष्मी बर्देवा केन्द्रित ‘अभिमन्यु’ को ट्रेलर सार्वजनिक


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक कामेश्वर चौरासिया र नायिका लक्ष्मी बर्देवालाई केन्द्र भागमा राखी फिल्म ‘अभिमन्यु’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ २७ बाट प्रदर्शनमा आउने यस फिल्मको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक भए लगत्तै कलाकारहरुको बेजोड अभिनय क्षमताका कारण यस टिजरले चर्चा पाएको छ ।

ट्रेलरले फिल्मको कथा अपहरण र फिरौतीको वरपर घुमेको प्रष्ट पारेको छ । अर्थात क्राइम थ्रिलर जनरामा यस फिल्म बनेको हो ।

कामेश्वर कानुनी उल्झनमा परेको ट्रेलरमा देख्न सकिन्छ । उनले फिल्ममा कुनै अपराध गरेको सहजै अनुमान लगाउन सकिन्छ । लक्ष्मीले फिल्लमा मधेशकी युवतीको भूमिकामा गरेको ट्रेलरमार्फत् खुलाइएको छ ।

कामेश्वर र लक्ष्मी फिल्ममो विवाहित जोडीको भूमिकामा रहेको ट्रेलरले प्रष्ट पार्छ ।

निर्माण पक्षले फिल्म घोषणा गर्दा तीन नायिकाहरु सरिता गिरी, गौमाया गुरुङ र लक्ष्मी शीर्ष भूमिकामा रहेको बताएको थियो ।

तर, ट्रेलरमा अन्य नायिकामाथि लक्ष्मीको भूमिका हाबी देखिन्छ । ३ मिनेट लामो ट्रेलरले फिल्मको कथा लक्ष्मी र कामेश्वरकै वरफर घुम्ने संकेत गर्छ ।

निर्माण पक्षका अनुसार घरविहीन युवकले पैसाका लागि गर्ने अपराधको कथामा फिल्म बनेको हो ।

युट्युबमा ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ । धेरैले कामेश्वरको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । कतिले पुराना हिट फिल्मसँग अभिमन्युलाई तुलना गर्नसमेत भ्याएका छन् ।

युट्युबको कमेन्ट हेर्दा ट्रेलरले फिल्मप्रति दर्शकलाई उत्कसुक बनाएको पाइन्छ ।

सेभन सिज सिनेमाको प्रस्तुतीमा नबेको यस फिल्मको लेखक मुकेश खनाल हुन् । सुशान्त गौतमको निर्देशनमा फिल्म बनेको हो । यसका निर्माताहरु विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

ट्रेलर :

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ०१ बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न