तातोपानी नाका ६ दिनदेखि ठप्प, ५०० कन्टेनर चीनमै « Khabarhub

पूर्वाधारको हालत

तातोपानी नाका ६ दिनदेखि ठप्प, ५०० कन्टेनर चीनमै


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अविरल वर्षा हुँदा निरन्तर झरिरहेको पहिरोले तातोपानी नाका जोड्ने सडक ६ दिनदेखि ठप्प छ । भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजार नजिकै पर्ने इकुमा आइतबार राति खसेको पहिरोले अरनिको राजमार्ग पूर्ण अवरुद्ध भएको हो ।

भदौ ८ गते साँझ केहीबेर सवारी आवागमन खुलाइए पनि सोही राति खसेको पहिरो हटाउन नसक्दा नाका ठप्प रहेको तातोपानी भन्सार कार्यालय अधिकृत सूर्यप्रसाद काफ्लेले खबरहबलाई बताए ।

‘गत साउन ७ गते बिहान सडक माथिबाट ठूलो मात्रामा पहिरो खसेदेखि पूर्ण रूपमा सडक खुलाउन सकिएको छैन, आवागमन ५ गतेसम्म नै रोकिएको थियो, ६ गते केही सवारीसाधन नेपालतर्फ छिरे पनि ७ गते फेरि पहिरो खस्यो । ८ गते साँझपख केहीबेर सडक खुलाइएकोमा फेरि पहिरो झरेपछि पहिरो हटाउन समिएको छैन् ।’

उनका अनुसार करिब ३५ वटा कन्टेनर नेपालतर्फको सडकमा अड्किएका छन् भने झण्डै ५०० कन्टेनर चीनतर्फ रोकिएको अनुमान गरिएको छ ।

पहिरो हटाउन प्रयास भइरहेको बताउँदै काफ्लेले अविरल वर्षाका कारण पुनः सडक अवरुद्ध हुने जोखिम रहेको बताए ।

वर्षा कम भए भोलि (शनिबार) बेलुकीसम्म सडक एकतर्फी सञ्चालनमा ल्याउनेगरी काम भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाले बताएका छन् ।

‘२५ दिनयता जम्मा तीन दिनमात्रै यो सडक सुचारु गर्न सक्यौँ, पानी बस्यो भने एकतर्फी रूपमा सडक खुलाउन सडक विभाग तयार छ, विभागबाट भूगर्भविद र पहिरोका जानकारहरू खटाएर अनुसन्धान भइरहेको छ, १५ गतेबाट खोल्ने तयारी चलिरहेकै छ ।’

असार २४ गते बिहान चीनको तिब्बत मुहान भएको ल्हेन्दे खोलामा हिमोढ (पर्माफ्रोस्ट) फुट्दा अचानक आएको बाढीले विनाश निम्त्याउँदा यतिबेला चीनतर्फको रसुवा–केरुङ नाका पनि ठप्प छ ।

चीन आवतजावत गर्न अहिले तातोपानी नाका नै मुख्य भएकाले समयमै पहिरो हटाउन नसके राजस्व असुलीमा समेत ठूलो प्रभाव पर्ने बास्तोलाले बताए ।

‘चाडपर्व नजिकिँदै छ, यो समय राजस्व सङ्कलनका लागि पनि महत्वपूर्ण समय हो, समयमै वर्षा नरोकिए पहिरो पन्छाउन सकिने अवस्था छैन, जसकारण यस वर्ष उत्तरी नाकाको राजस्व सङ्कलनमा गिरावट आउनसक्छ’, उनले थपे ।

वि.सं. २०७२ को भूकम्पले जमिन नराम्ररी चर्किएको कोदारी क्षेत्रमा जतिपटक सडक खुलाए पनि पहिरो झर्ने समस्या दोहोरिइरहेको छ ।

यो पनि –

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : १३ बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्