अन्तत: पदमुक्त भइन् थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा, मन्त्रिपरिषद् पनि भंग « Khabarhub

अन्तत: पदमुक्त भइन् थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा, मन्त्रिपरिषद् पनि भंग


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट हटाएको छ । यससँगै उनको मन्त्रिपरिषद् भंग भएको छ।

उनी सन् २००८ पछि संवैधानिक अदालतद्वारा पदच्युत गरिएका थाइल्याण्डकी पाँचौँ प्रधानमन्त्री बनेकी छन्।

कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको उनको फोन वार्ताको अडियो चुहिएपछि विवाद बढेको थियो। त्यसैका कारण गत जुलाईमा उनलाई निलम्बन गरिएको थियो।

पेटोङटार्न थाइल्याण्डकी सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन्। उनले ३७ वर्षको उमेरमा पद सम्हालेकी थिइन्। उनी देशकी दोस्रो महिला प्रधानमन्त्रीसमेत बनेकी थिइन्।

उनकी काकी यिङलक शिनावात्रा २०११ देखि २०१४ सम्म थाइल्याण्डकी प्रधानमन्त्री रहेकी थिइन्। पेटोङटार्नका पिता थाकसिन शिनावात्रा पनि प्रधानमन्त्री भइसकेका छन्।

थाई अरबपति तथा पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राकी छोरी पेटोङटार्नले थाइल्याण्डका उत्कृष्ट विद्यालयमा अध्ययन गरेकी थिइन्।

त्यसपछि उनले बेलायतको सरे विश्वविद्यालयमा पढाइ गरिन्। अध्ययनपछि उनी परिवारको ‘रेनन्डे’ होटल समूहसँग आबद्ध भइन्।

उनी आफ्नो उपनाम ‘उङ इङ’ बाट पनि परिचित छिन्। उनी २०२१ मा फ्यु थाई पार्टी प्रवेश गरेकी थिइन् । त्यसपछि २०२३ मा पार्टीको नेतृ बनेकी थिइन्।

गत वर्ष थाई संसद्ले उनलाई उनका पूर्ववर्ती स्रेत्था थाविसिनको ठाउँमा प्रधानमन्त्री चुनेको थियो। थाविसिनलाई संवैधानिक अदालतले मन्त्री नियुक्ति नियम तोडेको आरोपमा पदबाट हटाएको थियो।

शिनावात्रा परिवार दशकमैदेखि थाइ राजनीतिमा प्रभावशाली रहँदै आएको छ। पैतोङटार्नको पदच्युतिले यस राजनीतिक परिवारलाई ठूलो धक्का पुगेको छ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : २७ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ