एमालेको दोस्रो विधान महाधिवेशन नजिकिँदै, तयारी तीव्र पारिने « Khabarhub

एमालेको दोस्रो विधान महाधिवेशन नजिकिँदै, तयारी तीव्र पारिने


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशनको तयारीस्वरूप शुक्रबार केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको बैठक बसेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले अहिलेसम्मको काम र बाँकी तयारीबारे ब्रिफिङ गरे ।

उनले भदौ २०-२२ को दोस्रो विधान महाधिवेशनलाई लक्षित गर्दै जनसंगठनहरूको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

बैठकमा महाधिवेशनलाई सफल बनाउन संगठनात्मक तयारी, प्रचार–प्रसार, मिडिया सेण्टर स्थापना, स्वयम् सेवक व्यबस्थापन, सबै जनसंगठनहरूको व्यापक सहभागिताका विषयमा विस्तृत छलफल गरिएको संयोजक ढकालले बताए ।

ढकालले पार्टीको विधान महाधिवेशन एमालेको नीति र संगठनात्मक यात्रामा महत्वपूर्ण मोड भएको भन्दै सबै जनसंगठनका प्रतिनिधिहरूलाई सक्रिय र जिम्मेवार भूमिकामा रहन आह्वान गरे । बैठकमा जनसंगठनका इञ्चार्ज र अध्यक्षहरू सहभागी थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ४३ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका