जापानले भारतमा ६८ अर्ब डलर लगानी गर्ने « Khabarhub

जापानले भारतमा ६८ अर्ब डलर लगानी गर्ने


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

टोकियो- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टोकियो भ्रमणका क्रममा जापानले भारतमा ६८ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भने, “भारतको विशाल बजार यति धेरै सम्भावनाले भरिएको छ कि यसको जीवन्ततालाई समावेश गर्दा जापानको अर्थतन्त्रको वृद्धिलाई अगाडि बढाउन मद्दत पुग्नेछ ।

द्विपक्षीय व्यापार हाल वार्षिक २० अर्ब डलरभन्दा बढीको छ, जसले जापानलाई ठूलो फाइदा पुर्‍याइरहेको छ ।

चीन भ्रमणअघि प्रधानमन्त्री मोदीको दुई दिने भ्रमणका क्रममा बोल्दै इशिबाले जापानले भारतमा लगानी बढाएर १० ट्रिलियन येन (६८ अर्ब अमेरिकी डलर) पुर्‍याउने र सेमीकन्डक्टर र एआईमा केन्द्रित सहकार्य पहल गर्ने बताए ।

जापानको ‘सेल्फ डिफेन्स फोर्सेज’ र भारतीय सशस्त्र बलबीच सैन्य अभ्यास विस्तार गर्न दुवै पक्ष सहमत भएको क्योदो समाचार एजेन्सीले जनाएको छ ।

पूर्वी चीन सागर र दक्षिण चीन सागरको अवस्थाप्रति दुवै देशले ‘गम्भीर चिन्ता’ व्यक्त गरेको क्योदोले जनाएको छ ।

जापानी प्रधानमन्त्री इशिबाले पत्रकारहरूसँग भने, “अन्तर्राष्ट्रिय परिस्थिति झन्झन् अनिश्चित हुँदै जाँदा जापान र भारतले यस क्षेत्रको शान्ति र स्थिरताका लागि हातेमालो गर्नैपर्छ।”

प्रधानमन्त्री मोदीले भने, “भारत र जापान स्वतन्त्र, खुला, शान्तिपूर्ण, समृद्ध र नियममा आधारित इन्डो–प्यासिफिकका लागि पूर्ण प्रतिबद्ध छन् ।”

यसअघि मोदीले टोकियोमा आयोजित एक व्यापारिक मञ्चमा भारत र जापानले ‘एसियाली शताब्दीलाई आकार दिने’ र भारत ‘ग्लोबल साउथमा जापानी व्यवसायका लागि स्प्रिङबोर्ड’ भएको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय आयातमा ५० प्रतिशत कर लगाएपछि दुवै देश प्रभावित भएका छन्।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ८ : ३० बजे

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडा कारबाही माग्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे छानबिन गर्दै दोषीमाथि

कांग्रेसको निष्कर्ष : पार्टीको पक्षमा जनलहर चलेको छ

काठमाडौं- नेपाली कांग्रेसले आसन्न आमनिर्वाचनमा पार्टीका पक्षमा देशव्यापी जनलहर बढिरहेको

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

संविधान पुनरावलोकनदेखि सम्पत्ति छानबिन आयोग गठनसम्म नेकपाको प्रतिबद्धता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन आह्वान

संविधान कार्यान्वयनको समीक्षा गर्दै परिमार्जन गर्ने नेकपाको उद्घोष

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान कार्यान्वयनको समीक्षा एवं पुनरावलोकन