विश्वकप रजत विजेता खो खो टिम उत्कृष्ट अवार्डसहित पुरस्कृत « Khabarhub

विश्वकप रजत विजेता खो खो टिम उत्कृष्ट अवार्डसहित पुरस्कृत


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विश्वकप रजत विजेता खो खो टिमलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ । आज यहाँ आयोजित राखेपको ६२औँ वार्षिकोत्सव कार्यक्रममा खो खो टिम सिनियरतर्फ राष्ट्रिय पुरुष तथा महिला टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरिएको हो ।

पुरुष तथा महिला टोलीलाई समान रु एक लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ । दुवै टिमले भारतमा भएको प्रथम खो खो विश्वकप तथा नेपाल र भारतबीच भएको टेष्ट खेलमा रजत जितेका थिए । खो खो टिमसँगै जुनियरमा दुई र पारामा एक खेलाडी, १० कर्मचारी, एक राष्ट्रिय खेल सङ्घ, एक प्रायोजक, दुई जना पत्रकार र एक स्थानीय तहलाई सम्मान गरिएको राखेपले जनाएको छ ।

जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना तथा महिलामा क्रिकेटकी पूजा महतो जनही रु ५० हजार नगदसहित पुरस्कृत भएका छन् । अर्पिलले थाइल्याण्डमा भएको एसियाली यु–२२ युथ बक्सिङ तथा श्रीलङ्कामा भएको एसियाली बक्सिङ यु–१९ मा कास्य जितेका थिए । पूजाले विश्वकप एसियाली छनोट खेलमा दुई सय ७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् । उनी सोही छनोटमा ‘प्लेयर अफ द सिरिज’ हुन सफल भएकी थिइन् । नेपाल र मलेसियाबीचको यु–१९ टी–२० विश्वकपमा ‘प्लेयर अफ द म्याच’ बनेकी थिइन् ।

पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धन रु ५० हजार नगदसहित सम्मानित भइन् । पलेशाले पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक तथा मलेसियामा भएको १०औँ एसियाली पारा तेक्वान्दोमा कास्य पदक जितेकी थिइन् ।

उत्कृष्ट राष्ट्रिय खेल सङघमा नेपाल क्रिकेट सङ्घ (क्यान) रु एक लाख नगदसहित पुरस्कृत भयो । उत्कृष्ट प्रायोजकमा नेपालय इन्टरनेशनल प्रालि र उत्कृष्ट स्थानीय तहमा बागमती गाउँपालिका (मकवानपुर)लाई पुरस्कृत गरियो ।

उत्कृष्ट खेलकुद पत्रकार पुरुषतर्फ खेलाडी डटकमका अञ्जन खड्का र महिलातर्फ मेरो खेल डटकमकी लक्ष्मी शाक्य जनही रु २० हजारसहित सम्मानित भएका छन् । कर्मचारीतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट परिषद्को सचिवालयका नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल (प्रशासन) तथा दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक भीमलाल विक (प्रशिक्षण) पुरस्कृत भएका हुन् । दुवैले जनही रु २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा सङ्घसंस्था समन्वय शाखाकी नायब वरिष्ठ प्रशासकीय अधिकृत प्रभा कर्माचार्य र प्रशिक्षणमा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक तुल्सीनन्द बज्राचार्य जनही रु १५ हजार नगदसहित सम्मानित भएका छन् ।

परिषद् सेवा पुरस्कारको प्रशासनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठ र प्रशिक्षणमा तालिम तथा प्रशिक्षण विभागकी नायब वरिष्ठ एथलेटिक्स प्रशिक्षक उषाकर्ण चौधरी सम्मानित भएका आयोजकले जनाएको छ ।

करार सेवा पुरस्कारको प्रशिक्षणमा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका सहायक कराते प्रशिक्षकद्वय सङ्घरत्न महर्जन र कुशल श्रेष्ठ तथा प्रशासनमा राष्ट्रिय टिम तयारीकी सहायक द्वितीय दीपिका केसी र प्रशासन विभागका कार्यालय सहयोगी दुर्गा थापा पुरस्कृत भएका छन् । परिषद् र करार सेवाका पुरस्कृतले जनही रु १० हजार नगद प्राप्त गरेका राखेपले जनाएको छ ।

राखेपका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलगायत आज यहाँ आयोजित एक कार्यक्रमबीच सबैलाई पुरस्कार प्रदान गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ८ : ५८ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव