नागरिकलाई सेवा दिन सहरमा घुम्ती शिविर « Khabarhub

नागरिकलाई सेवा दिन सहरमा घुम्ती शिविर


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा, चितवन, काठमाडौँलगायत सहरमा अस्थायी बसोबास गर्ने नागरिकलाई यहाँका स्थानीय तहले घुम्ती शिविरमार्फत सेवा प्रदान गरेका छन् । बागलुङ, म्याग्दीसहित पहाडी जिल्लाबाट विभिन्न कारणले सहर झरेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला आदिलाई सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नवीकरणलगायत सेवा प्रदान गरिएको हो ।

बागलुङको गलकोट नगरपालिकाले बिहीबार गण्डकी प्रदेश राजधानी पोखरामा बस्ने लाभग्राहीलाई उक्त सेवा प्रदान गरेको हो । गलकोट–७ का वडाध्यक्ष राज थापाको नेतृत्वमा आएको जनप्रतिनिधि र कर्मचारीको टोलीले एक सय ५० भन्दा बढी लाभग्राहीको परिचयपत्र नवीकरण गरेको नगरपालिकाले जनाएको छ ।

सात प्रकारका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले उक्त सेवा लिएको वडाध्यक्ष थापाले बताउनुभयो । गलकोट समाज पोखराको समन्वयमा घुम्ती शिविर सञ्चालन गरिएको थियो ।

वडाध्यक्ष थापासहित नगरपालिकाको पञ्जीकरण शाखाका प्रमुख लोकेन्द्र गैरे, वडा नं ३ का वडासचिव चन्द्रबहादुर श्रीस, वडा नं ७ की कार्यालय सहायक सरस्वती थापा केसीलगायतको टोलीले सेवा प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

यसअघि नवलपुरको गैँडाकोटमा यही भदौ ४ गते, चितवनमा ५ गते र काठमाडौँमा ७ गते घुम्ती शिविर सञ्चालन गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

“ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकाहरू, एकल महिलालगायतलाई लक्ष्य गरी घुम्ती शिविर सञ्चालन गरिएको हो”, उनले भने, “लाभग्राहीलाई सहज होस् भनेर उहाँहरू बसेकै ठाउँमा पुगेर परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाइएको हो ।”

बसाइँसराइका कारण सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरू सहरी क्षेत्रमा रहेकाले पछिल्लो समय स्थानीय तहहरूले सोही ठाउँमै पुगेर परिचयपत्र नवीकरण गर्न थालेका हुन् । सामाजिक सुरक्षाभत्ता बुझ्ने लाभग्राहीले वर्षको एकपटक परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । सामाजिक सुरक्षाभत्ता भने आफू बसोबास गरेकै ठाउँको बैंकबाट प्राप्त गर्न सकिने सुविधा छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ९ : ५५ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस