लोमान्थाङ यार्तुङ घोडा दौडमा वडाध्यक्ष विष्ट च्याम्पियन « Khabarhub

लोमान्थाङ यार्तुङ घोडा दौडमा वडाध्यक्ष विष्ट च्याम्पियन


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – वर्खायामको समाप्तिसँगै मनाइने यार्तुङ पर्व आज उपल्लो मुस्ताङको लोमान्थाङमा सुरु भएको छ । सो पर्वको अवसरमा लोमान्थाङ युवा क्लबको आयोजना तथा एक्याप लोमान्थाङको आर्थिक सहयोगमा परम्परागत घोडा दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

यहाँ दुई विधामा घोडा दौड प्रतियोगिता आयोजना गरिएको थियो । मुस्ताङ सांस्कृतिक राजपरिवारको समुउपस्थितिमा आयोजना गरिएको कदम घोडा दौड प्रतियोगितामा लोमान्थाङ–५ का वडाध्यक्ष ढुक्के विष्ट च्याम्पियन बनेका छन् ।

कदम घोडा दौड प्रतियोगितामा सहभागी कूल १२ प्रतियोगीमध्ये वडाध्यक्ष विष्ट च्याम्पियन बन्नुभएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । कदम घोडा दौडतर्फ छेडुप गुरुङ दोस्रो र निमा वाङ्दी गुरुङ तेस्रो हुनुभएको कार्यालय प्रमुख पौडेलले उल्लेख गरे । योसँगै कदम घोडा दौडको च्याम्पियन विष्टले नगद एक लाख रुपैयाँ पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।

यसैगरी कदम घोडा दौडको दोस्रो र तेस्रो हुने घोडा मालिकले नगद ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र पाए । यसैगरी गरी यार्तुङ पर्वको अवसरमा आयोजित भाक्का (लामो दुरी) घोडा दौड प्रतियोगितामा डब्ला गुरुङ च्याम्पियन बने ।

प्रतियोगितामा ल्हाक्पा गुरुङ दोस्रो र ढुक्के विष्ट तेस्रो हुनुभयो । भाक्का घोडा दौडाका विजेताले क्रमश नगद ३०, २० र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका विजेतालाई लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, क्लबका अध्यक्ष उमेश पौडेल र क्लबका अध्यक्ष पेमा तेन्जिङ गुरुङले पुरस्कार वितरण गरे ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १० : २९ बजे

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र

नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड

काठमाडौं– देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली,