गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो « Khabarhub

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा दरबारको दशैँघरबाट काठमाडौंको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादशैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।

बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उनको भनाइ छ । गोरखा दरबारको दशैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोकेर ल्याई गाडीमा राखेर पठाएका हुन् । गोरखा दरबारको दशैँघरबाट बाजागाजासहितको र्‍याली  निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

‘गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पुर्‍याएपिछ आजै साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ’, उनले भने । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने गरिएको छ ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले गोरखा दरबारको फूलपातीको बिदाई गरेर हनुमान ढोका दरबार पठाएका हुन् । गोरखा दरबारको दशैँघरमा पनि आज साँझ हर्ष बढाइका साथ फूलपाती भित्र्याइन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ९ : ५२ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा