राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लागौँ : राष्ट्रियसभा अध्यक्ष दाहाल « Khabarhub

राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लागौँ : राष्ट्रियसभा अध्यक्ष दाहाल


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनतामा देखिएको निराशा, आवेग र अपेक्षालाई पूरा गर्न र राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लाग्न सबैलाई आह्वान गरेका छन् ।

विजया दशमीको उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै दाहालले जेनजी प्रदर्शनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष दाहालले भनेका छन्– ‘फजुल खर्च, परम्परा र संस्कारका नाममा गरिने कुप्रथा र विकृतिबाट मुक्त भई पारिवारिक जमघट, खुसियाली आदानप्रदान र सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारका रूपमा हर्षोल्लासपूर्वक दशैँ मनाउन म सबैलाई आग्रह गर्दछु ।’

बडादशैँले पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकता थप मजबुत बनाउने उनको विश्वास छ । सन्देशमा भनिएको छ– ‘हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कारको संरक्षण गर्ने तथा अन्धविश्वास र भड्किलो जीवन पद्धतिलाई समयानुकूल परिवर्तन गर्नु उत्तिकै जरुरी छ ।’

अध्यक्ष दाहालले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व रहेको बताए । 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १० : ३० बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड