दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ « Khabarhub

दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ बजारमा अहिले मुस्ताङको स्याउको माग उच्च छ । दसैँमा धेरैले मुस्ताङको स्याउ मात्रै खोज्ने गरेको पाइन्छ । 

असोज लागेसँगै बागलुङ बजारमा मुस्ताङको स्याउ निकासी हुन थाल्छ । अहिले बागलुङ बजारका चोकचोक र फलफूल पसलमा मुस्ताङको स्याउ देख्न पाइन्छ । मुस्ताङको स्याउ नभएको बागलुङको कुनै फलफूल पसल नै हुँदैन । किनभने उपभोक्ताको रोजाइमा मुस्ताङकै स्याउमात्रै पर्ने गर्दछ । दसैँलाई कोसेलीका रुपमा मुस्ताङको स्याउ बढी खपत हुने गरेको छ । 

स्याउ व्यापारी गुरुप्रसाद रेग्मीले मुस्ताङको स्याउ मागअनुसार नपाएको जनाउँदै स्याउ आउँदा साथ रित्तिने गरेको बताए । 

‘मुस्ताङमा स्याउ धमाधम बिक्री भइरहेको छ, बागलुङ मुस्ताङको स्याउ खपत हुने जिल्लामा पर्दछ, अहिले मागअनुसारको स्याउ आएको छैन’, उनले भने, ‘असोजभर स्याउ बिक्रीबाटै राम्रो आम्दानी गर्ने सिजन हो ।’ 

असोज अघिसम्म भारत र चीनबाट आएको स्याउले बजार लिइरहे पनि असोज लागेपछि यहाँ मुस्ताङको मात्रै स्याउको कारोबार हुने गर्दछ । 

दसैँ नजिकिँदै गरेकाले स्याउको उच्च कारोबार हुने गर्दछ । छिमेकी जिल्लाको सस्तो स्याउ खान पाएपछि अन्य स्याउको चाख नहुने उपभोक्ता रामानन्द शर्मा बताउँछन्।

 ‘३०० देखि ४०० हालेर भारत र चीनको स्याउ खाइन्छ, मुस्ताङको ताजा स्याउ रु दुई प्रतिकिलो पाइन्छ, स्वादिष्ट पनि हुन्छ’, शर्माले भने ‘असोजदेखि कात्तिकसम्म बागलुङ बजारका फलफूल पसल मुस्ताङको स्याउमय हुन्छ ।”’

दसैँ तिहारको नआउँदै फलफूल अर्डर गर्नेहरुसमेत बाक्लै रहेको व्यवसायीहरु बताउँछन् । दशैँलाई मुस्ताङको स्याउ अहिले नै अर्डर आउन थालेको फलफूल व्यापारीले बताउँदै आएका छन् । 

चाडवाडका अवसरमा बागलुङेहरुले कोसेलीका रुपमा मुस्ताङको स्याउ आफन्तको घरमा पठाउने चलनसमेत रहेकाले स्याउको कारोबार उच्च रहेको छ । मुस्ताङमा उत्पादन भएको स्याउ धौलागिरिका बागलुङसहित म्याग्दी, पर्वतलगायतका जिल्लामा कोसेलीका रुपमा निकै प्रयोगमा आउने गरेको छ । 

बागलुङमा मुस्ताङको स्याउको कारोबार एक हप्तायता ह्वात्तै बढेको छ । बागलुङ बजारमा रहेका कर्मचारी, सहकारी जागिरे, सेना, तथा प्रहरीलेसमेत दसैँमा घर जाने समयमा मुस्ताङको स्याउ, आलु र बागलुङमा उत्पादन भएको भाँगो लैजाने गरेको पाइन्छ । मुस्ताङको स्याउ, ढोरपाटनको आलु र ताराखोलाको भाँगो कोसेलीका रुपमा ब्राण्ड भइसकेको छ । 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १२ : ४७ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?