जेन-जीको सम्झनामा प्रधानमन्त्री कार्कीले दशैंको टिका नलगाउने « Khabarhub

जेन-जीको सम्झनामा प्रधानमन्त्री कार्कीले दशैंको टिका नलगाउने


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको दशैंको टिका नलाउने भएकी छन्। 

गत भदौ २३ र २४ गते जेन-जीले आन्दोलनका क्रममा ज्यान गुमाएकाले यसपटक आफूले दशैंको टिका नलगाउने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार युवाले ज्यान गुमाएकाले यसपटक आफूले पनि टिका नलगाउने र अरुलाई पनि नलगाइदिने कार्कीको अठोट छ।

‘बडा दशैं प्रत्येक वर्ष हर्षोल्लासको साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवा पुस्ताको आन्दोलनका क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हामी सामु ताजै छ तसर्थ यस वर्ष सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो बडा दशैंको टिका जमरा नलगाउनु हुने र देशवासीलाई समेत टिका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैलाई जानकारीका लागि सादर अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

सचिवालय मार्फत शुभकामना सन्देश जारी गर्दै कार्कीले संसारभर छरिएर रहेका नेपालीहरूलाई दशैंको शुभकामना समेत दिइन्।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  २ : ०९ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ