जेन-जीको सम्झनामा प्रधानमन्त्री कार्कीले दशैंको टिका नलगाउने « Khabarhub

जेन-जीको सम्झनामा प्रधानमन्त्री कार्कीले दशैंको टिका नलगाउने


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको दशैंको टिका नलाउने भएकी छन्। 

गत भदौ २३ र २४ गते जेन-जीले आन्दोलनका क्रममा ज्यान गुमाएकाले यसपटक आफूले दशैंको टिका नलगाउने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार युवाले ज्यान गुमाएकाले यसपटक आफूले पनि टिका नलगाउने र अरुलाई पनि नलगाइदिने कार्कीको अठोट छ।

‘बडा दशैं प्रत्येक वर्ष हर्षोल्लासको साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवा पुस्ताको आन्दोलनका क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हामी सामु ताजै छ तसर्थ यस वर्ष सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो बडा दशैंको टिका जमरा नलगाउनु हुने र देशवासीलाई समेत टिका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैलाई जानकारीका लागि सादर अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

सचिवालय मार्फत शुभकामना सन्देश जारी गर्दै कार्कीले संसारभर छरिएर रहेका नेपालीहरूलाई दशैंको शुभकामना समेत दिइन्।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  २ : ०९ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले