कोसी सडक एक महिनादेखि अवरुद्ध « Khabarhub

कोसी सडक एक महिनादेखि अवरुद्ध


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– उत्तर–दक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथांका सडकखण्ड भदौ १५ गतेको भीषण पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ अल्फटे क्षेत्रमा आएको पहिरोले करिब २०० मिटर सडक बगाएपछि आवागमन ठप्प भएको हो ।

सडक अवरुद्ध हुँदा यातायातसँगै आसपासका गाउँबस्तीका स्थानीयको जनजीवन प्रभावित भएको छ । पहिरोका कारण सडक मात्र नभई निजी जग्गा, खेतबारी, बालीनाली र बोटबिरुवामा  क्षति पुगेको स्थानीयले बताएका छन् ।

सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङका अनुसार भू–स्खलन प्रभावित क्षेत्रमा माटो दलदले भएको र भारी मेसिन परिचालन गर्न कठिन भएकाले तत्काल सडक सञ्चालन सम्भव छैन । नदीको बहाव अझै नघटेको र मौसम अनुकूल बनेलगत्तै मर्मत कार्य सुरु गर्ने तयारी भएको गुरुङले बताए।

जिल्ला प्रशासन कार्यालय, भोटखोला र मकालु गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाबीच निरन्तर समन्वय भइरहेको छ । तर, सडक खुल्न ढिलाइ हुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत रोकिएपछि स्थानीय थप समस्यामा परेका छन् । भोटखोलाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । सडक बन्द भएपछि जनजीवन निकै कष्टकर भएको  अध्यक्ष भोटेले बताए।

सडक योजना कार्यालयले विज्ञप्ति जारी गर्दै अवरोधका कारण भएको असुविधाप्रति सार्वजनिक रूपमा क्षमा मागेको छ । 

गुरुङले भने, ‘अनुकूल मौसम बनेलगत्तै सडक यथाशीघ्र सञ्चालनमा ल्याइनेछ ।’

उत्तर-दक्षिण कोसी सडक पूर्वी नेपाललाई चीनसँग जोड्ने महत्वपूर्ण रणनीतिक मार्ग भएकाले सडक अवरोधका कारण स्थानीय मात्र नभई राष्ट्रियस्तरमै चुनौती थपिएको सरोकारवालाले बताएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  २ : ५८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा