राजमार्ग अवरोध : खसीबोकाको किनबेच यथावत « Khabarhub

राजमार्ग अवरोध : खसीबोकाको किनबेच यथावत


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको मुग्लिन क्षेत्र र बीपी राजगमार्गसहित अन्य मार्गमा यातायात सहज नहुँदा गत वर्षको तुलनामा यो वर्ष खसीबोकाको भाउ केही बढी भए पनि किनबेचमा असर परेको छैन ।
 
मुलुकका धेरैतिर पहिरोका कारण बाटोको समस्या र यात्रुवाहक बसमा ढुवानी गर्न नपाइने व्यवस्थाका कारण बेग्लै ट्रकमा हालेर ल्याउँदा खसी बोकाको भाउ गत वर्षभन्दा केही बढेको व्यवसायीले बताएका छन् । 
 
यो वर्ष गत वर्षको तुलनामा प्रतिकिलो करिब २५ का दरले भाउ बढेको व्यवसायीहरू बताउँछन् । गत वर्ष जिउँदो खसी प्रतिकिलो सात सयदेखि रु सात सय २५ सम्ममा बिक्री भएकामा यो वर्ष सात सय ५० मा बिक्री भएको पाइएको छ । किसानले मूल्यवृद्धिको लाभ पाएका छन् ।  किसानका गोठबाट व्यापारीले प्रतिकिलो रु ६१० ले बेचेका छन् ।
 
काठमाडौँको टुकुचाका साथै कलंकी, दहचोक, कालिमाटी, लोकन्थली, सल्लाघारी, चाबहिललगायत क्षेत्रका तोकिएका स्थानमा दसैँका लागि खसीबोका किनबेच गरिन्छ । आज नवरात्रीको सातौँ दिन फूलपातीका अवसरमा यी क्षेत्रमा धमाधम खसी किन्ने र मोलतोल गर्नेको भिड देखिन्छ ।
 
‘अहिले बसको डिकीमा खसी बोकालाई हाल्न दिइँदैन । ट्रकमा हालेर ल्याउँदा केही महँगो परेको छ । यसको लाभ किसानले पनि पाएका छन् । दसैँमा काठमाडौँको बजारलाई चाहिले जति खसी बोकोको व्यवस्थापन हामीले मिलाउन कोसिस गरिरहेका छौँ ।’, काठमाडौँका टुकुचास्थित पशुचौपाया सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीले भने, ‘लगातारको वर्षा र ठाउँ ठाउँमा पहिरो र अवरोधका कारण हामीलाई असुविधा भने परिरहेको छ ।’
 
काठमाडौँमा दसैँका अवसरमा वर्षेनी सिन्धुली, रामेछाप, ओखलढुङगा, खोटाङ, उदयपुर, इलाम, रोल्पा, रुकुमबाट खसी बोका ल्याइने गरेका छन् । भेडा च्याङ्ग्रा भने गोरखा, मनाङ, मुस्ताङलगायत जिल्लाबाट ल्याइन्छ । दसैँलाई लक्षित गरी टुकुचा खसी बजारमा हालसम्म करिब नौ हजारको सङ्ख्यामा खसीबोका ल्याइसकिएको छ ।
 
टुकुचा बजारमा खरिदबिक्रीका लागि अहिले एक हजार बढी खसीबोका राखिएका छन् । यसवर्ष जिउँदो च्याङ्ग्रा भने प्रतिकिलो एक हजार २५० मा बिक्री भइरहेको छ । बाटो अवरुद्ध भएका कारण व्यापारी र किसानले विगतको जस्तो सजिलोसँग खसीबोका ल्याउन सकेका छैनन् ।
 
मासुका लागि खोटाङ, सिन्धुली, उदयपुरको खसी राम्रो मानिन्छ । अहिले बजारमा ९० किलोसम्मको खसी आएको ‘रेकर्ड’ छ । मासुका लागि तराईको तुलनामा पहाडको खसी राम्रो मानिन्छ । अझ लेकमा चरेको खसी बढी गुणस्तर हुनेगर्छ । विगतको जस्तो धेरै मोटो खसीबोका खोज्ने उपभोक्ताको सङ्ख्या कम छ ।
 
अहिले दाना नखुवाएका चरनका खसी बोका उपभोक्ताको रोजाइमा पर्दै आएका छन् । टुकुचा बजारमा खसीको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको, स्वथ्य खसीलाई हरियो, बिरामी खसीलाई रातो रङ दिइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ३ : ०४ बजे

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो

नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स

स्वास्थ्यमन्त्री गौतमद्वारा जीपी कोइराला उपचार केन्द्रको निरीक्षण

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी

समानुपातिकतर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु

काठमाडौं– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त