पछिल्लो परिस्थितिमा पार्टीहरूको पुनर्गठन जरुरी : घनश्याम भुसाल « Khabarhub

पछिल्लो परिस्थितिमा पार्टीहरूको पुनर्गठन जरुरी : घनश्याम भुसाल


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जेन-जी आन्दोलनमा घटेका घटना कुनै नयाँ नभएको बताएका छन्। 

विशेष पत्रकार सम्मेलन गर्दै भुसालले नेताहरूको चरित्र हेर्दा पहिले नै एउटा उत्पात आउँछ भन्ने संकेत गरिसकेको बताएका छन्। उनले यी सबै घटनाक्रमले गर्दा पार्टीहरू पुनर्गठन र नेतृत्व पुनर्गठनका आवश्यकता रहेको बताएका छन्।

‘एउटा उत्पात आउँछ भन्ने पहिले नै संकेत थियो। त्यसले ठूलो भयानक अवस्था सिर्जना गर्छ भन्ने लागेको थियो । उत्पातले भयानक ठूलो सामाजिक अस्थिरता सिर्जना गर्दैछ । राजनीतिक भ्याकुम क्रिएट गर्दैछ भन्ने बारेमा केही संकेत देखेको थियो । अर्थतन्त्र जसरी केही बिचौलिया घरानाहरूको नियन्त्रणमा,’ भुसालले भने, ‘राजनीतिका बिचौलियाका घराना र र अर्थतन्त्रका बिचौलियाका घराना तिनको गठजोडले यो संकट आउँछ भन्ने कुरा थियो । अहिले यी सबै कुराहरू हुँदा पनि राजनीतिक पार्टीहरूले सुध्रिने छनक गरेका छैनन् यसले अर्को संकट सिर्जना गर्दैछ भन्ने देखिन्छ । पार्टीहरूको पुनर्गठन जरुरी छ । पार्टीहरूको सुधारको कुरा सुरु हुनुपर्छ’ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ३ : ३६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा