छुट्टाछुट्टै दुर्घटनामा १६ जना घाइते, तीन जनाको अवस्था गम्भीर | Khabarhub Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा १६ जना घाइते, तीन जनाको अवस्था गम्भीर


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कमलामाई– जिल्लाको दुई स्थानमा आज भएका सवारी दुर्घटनामा परी १६ जना घाइते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

विपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–६ भालुखोलामा बोलेरो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गोलञ्जोर गाउँपालिका–४ का २६ वर्षीय ओमबहादुर रानामगरले चलाएको बा २० च ९३१ नम्बरको बोलेरो जिप काठमाडौँबाट धापचौकीतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट ५० मिटर तल सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार गाडी चालकसहित १३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमध्ये गोलञ्जोर गाउँपालिका–४ का २३ वर्षीय प्रेम मगर गम्भीर घाईते भएका छन् । गोलञ्जोरकै २० वर्षीया मालती खुलाल, १७ वर्षीय भोजबहादुर थापा, २२ वर्षीया जम्पा खुलाल, ११ वर्षीय सुशन मगर, केदार थापामगर, २० वर्षीया रोजिना थापामगर, २२ वर्षीय ज्ञानेन्द्र मगर, ३५ वर्षीय ताराबहादुर खुलाल, आठ बर्षीय नितेश मगर, २२ वर्षीया रोश्मी मगर, २५ वर्षीय ओम आलेमगर र २६ वर्षीय ओमबहादर रानामगर घाइते भएका छन् ।

घाइतेलाई खुर्कोटस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी विपद् बेस क्याम्पको संयुक्त टोलीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पुर्‍याएको छ ।

त्यसैगरी दुधौली नगरपालिका–५ ठाकुर खोला पुलस्थित मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना  घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरूको नाम थर नखुलेको प्रहरीले जनाएको छ ।  

प्रहरी उपरीक्षक सुवेदीकाअनुसार दुधौलीको सिर्थौलीबाट डकाहातर्फ आउँदै गरेको ग ८ प २७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको फलामको रेलिङमा ठोक्किएको थियो ।

घाइतेको उद्धार गरी उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएको छ । घाइते तीनै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ३ : ४१ बजे

आजका समाचार : प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार, भित्र्याइयो फूलपाती र चीन–उत्तर कोरिया सहकार्य बलियो बनाउँदै

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्तप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा

इरानद्वारा इजरायलको मोसादका जासुसी आरोपितलाई मृत्यु दण्ड

एजेन्सी– इरानले सोमबार इजरायलको गुप्तचर एजेन्सी मोसादको तर्फबाट जासुसीको आरोपमा

दसैँले बजार चलायमान, व्यवसायीलाई राहत

चितवन– बडादसैँको चहलपहलसँगै यहाँका बजार पनि चलायमान भएका छन् ।

पूर्व सांसदलाई रास्वपाको आग्रह- रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउनू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका पूर्व सांसदहरूलाई रातो

फरार कैदीबन्दीलाई फर्किएर आउन नख्खु कारागारको आग्रह

पाटन– ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको