उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढ्यो, विभिन्न राजमार्गमा सवारी चाप « Khabarhub

उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढ्यो, विभिन्न राजमार्गमा सवारी चाप


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँको फूलपातीका दिन उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढ्दा विभिन्न राजमार्गमा सवारी चाप बढेको छ । 

बीपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग लगायतका राजमार्गमा सवारी चाप बढेको हो । बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि फूलपातीसम्म करिव पाँच लाख सर्वसाधारणले काठमाडौँ छाडेका छन् ।

अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको यात्रुहरूले गुनासो गरेका छन् । ट्राफिक प्रहरीले आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ४ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको