चीन–उत्तर कोरिया सहकार्य बलियो बनाउँदै « Khabarhub

चीन–उत्तर कोरिया सहकार्य बलियो बनाउँदै


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरियाली समकक्षीलाई भेट्दै प्योङयाङसँगको सहकार्यलाई अझ सुदृढ बनाउन र संयुक्त रूपमा ‘आधिपत्यवादको विरोध’ गर्न चाहने स्पष्ट अभिव्यक्ति दिएका छन् ।

यो भेटवार्ता उत्तर कोरियाली नेता किम जोङ उनको दुर्लभ चीन भ्रमण भएको केही सातापछि आइतबार बेइजिङमा सम्पन्न भएको हो । त्यस अवसरमा उत्तर कोरियाका विदेशमन्त्री चो सोन–हुईले वाङसँग भेटवार्ता गरेका थिए ।

वाङले भने, ‘चीन–उत्तर कोरिया सम्बन्धलाई कायम राख्नु, सुदृढ पार्नु र विकास गर्नु चिनियाँ सरकारको अटल रणनीतिक नीति हो । चीन अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा उत्तर कोरियासँग सहकार्य र समन्वय बढाउन इच्छुक छ । हामी सबै प्रकारका आधिपत्यवादको विरोध गर्दै दुवै पक्षको साझा हित र अन्तर्राष्ट्रिय निष्पक्षता तथा न्यायको रक्षा गर्न प्रतिबद्ध छौँ ।’

यी टिप्पणीहरू चीनले आफ्नो प्रमुख प्रतिस्पर्धी संयुक्त राज्य अमेरिकालाई लक्षित गर्दै गरेको प्रष्ट देखिएको विश्लेषकहरूको भनाइ छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले मन्त्रीहरूबीचका छलफलमा विभिन्न मुद्दाहरूमा ‘पूर्ण सहमति’ भएको उल्लेख गरेको छ । 

दक्षिण कोरियाली एजेन्सी योनहापले पनि दुवै मन्त्रीले ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूमा गहिरो विचार–विमर्श गरी पूर्ण सहमति गर्नुभएको’ जानकारी दिएको छ ।

प्योङयाङको आणविक कार्यक्रमका कारण चीन–उत्तर कोरिया सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण भए पनि दुई छिमेकीबीचको घनिष्टता कायम रहँदै आएको छ । यसै महिनाको सुरुमा बेइजिङमा दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिकोत्सवमा आयोजित भव्य सैन्य परेडमा किम, चिनियाँ राष्ट्रपति सी जिनपिङसँगै उभिएका थिए ।

बेइजिङ उत्तर कोरियाका लागि कूटनीतिक, आर्थिक र राजनीतिक समर्थनको महत्त्वपूर्ण स्रोत मानिन्छ । दुवै देश संयुक्त रूपमा अमेरिकाविरुद्धको साझा विरोधमा बाँधिएका छन् ।

यसैबीच, किमले यदि वासिङ्टनले उत्तर कोरियालाई आफ्नो आणविक कार्यक्रम परित्याग गर्न माग नगरे मात्र प्योङयाङ अमेरिकासँग पुनः सम्पर्कमा जान तयार हुने बताएका छन् । 

उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई अमेरिकासहित दक्षिण कोरिया र अन्य सहयोगीहरूले दिएको सुरक्षा चुनौतीको ‘न्यायसङ्गत प्रतिक्रिया’ भएको ठहर गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ४ : १४ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा